बाहिरियो रवि हिरासतमा सुतेको तस्बिर, रास्वपा नेताले उठाए प्रश्न « Khabarhub

बाहिरियो रवि हिरासतमा सुतेको तस्बिर, रास्वपा नेताले उठाए प्रश्न


३ पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


11.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको एउटा सिसिटिभी फोटो बाहिरिएको छ । सार्वजनिक फोटोमा रवि सुतिरहेको देख्न सकिन्छ । उक्त फोटो बाहिरीएपछि रास्वपाका नेताहरुले आक्रोश व्यक्त गरेका छन् ।

पार्टीका नेता दीपक बोहराले फेसबुकमा स्टाटस लेखेर कास्की प्रहरीले यो फोटो के कारण बाहिर ल्यायो र यसको मूल्य कति हो भन्दै प्रश्न गरेका छन् । उनले देशमा न्याय नमरेको भए यस्ता किसिमका क्रियाकलाप गर्न नहुने समेत उल्लेख गरेका छन् । यस्तै रास्वपा सहप्रवक्ता प्रतिभा रावलले पनि फेसबुकमा विरोध गर्दै स्टाटस लेखेकी छन् ।

सभापति लामिछानेको सचिवालयले प्रहरीले नै उक्त फोटो सार्वजनिक गरेको दाबी गरेको छ । लामिछानेको सचिवालयमा रहेका प्रमोद न्यौपानेले लेखेका छन्, ‘रवि लामिछानेको हिरासतमा सुतिरहेको यो सिसिटिभीबाट लिएको फोटो बाहिरिएको छ। सिसिटिभीको नियन्त्रण प्रहरीसँग हुन्छ। त्यसैले यो फोटो प्रहरीबाटै बाहिरिएको हो। कुन उद्देश्यमा यो फोटो बाहिर लगियो ? यसको जवाफ प्रहरीले दिनुपर्छ।’

प्रकाशित मिति : ३ पुस २०८१, बुधबार  ११ : १० बजे

काठमाडौंको यातायात गुरुयोजना : मास ट्रान्सिट र सुरुङमार्गमा जोड

काठमाडौं– नेपाल सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय र जापानी अन्तर्राष्ट्रिय

तोलामा एक हजार ५०० बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको

फ्लाईदुबई उडान घटनामा इरान जोडिए कडा कारबाही गर्ने ट्रम्पको चेतावनी

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबईबाट तेल अभिभतर्फ उडेको फ्लाईदुबईको

विपद् व्यवस्थापन र पुनःस्थापनाका लागि पूर्वाधार मन्त्रालयले बनायो ८ कार्यदल

काठमाडौं – पूर्वाधार विकास मन्त्रालयले विपद्पछिको आपतकालीन पुनःस्थापना, राहत तथा

सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापा नियुक्त

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सिंहदरबार वैद्यखाना विकास समितिको