युक्रेनले रूसमा दाग्यो अमेरिकी मिसाइल « Khabarhub

युक्रेनले रूसमा दाग्यो अमेरिकी मिसाइल


४ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


939
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – युक्रेनले अमेरिकाबाट प्राप्त लामो दूरीको मिसाइल प्रहार गरेको रूसले जनाएको छ । रूससँग युद्धरत युक्रेनलाई अमेरिकी राष्ट्रपति जो बाइडेनले एक दिन अघिमात्रै आफूले प्रदान गरेको लामो दूरीको मिसाइल प्रहार गर्न अनुमति दिएका थिए ।

युक्रेनले त्यस्तो लामो दूरीको मिसाइल प्रहार गरेको पुष्टि रूसले नै गरेको हो । रूसका रक्षामन्त्री एन्ड्रे बेलोउसोभले रूसको ब्रियान्स इलाकामा युक्रेनले लामो दूरीको आर्मी टेक्निकल मिसाइल सिस्टम (एटीएसीएमएस) मिसाइल दागेको बताएका हुन्‌ ।

युक्रेनले प्रहार गरेकामध्ये पाँच मिसाइल खसालिएको र क्षतिग्रस्त एक मिसाइल नजिकैको सैन्य क्षेत्रमा खस्दा आगलागी भएको बेलोउसोभले बताए ।

अमेरिकाले दिएको मिसाइल रूसविरुद्ध प्रयोग गरिएको समाचार युक्रेनका मिडियाहरूमा पनि प्रकाशन भएको छ । तर, युक्रेनको सरकारले सो आक्रमणबारे हालसम्म आधिकारिक जानकारी दिएको छैन ।

अमेरिकी राष्ट्रपति बाइडेनको प्रशासनले सोमबा युक्रेनलाई रूसभित्र हमला हुनेगरी आफूले दिएको लामो दूरीको मिसाइल प्रयोग गर्न अनुमति दिएको थियो ।

आर्मी टेक्निकल मिसाइल सिस्टम (एटीएसीएमएस) एक सुपसोनिक ब्यालेस्टिक मिसाइल सिस्टम हो । यो मिसाइल अमेरिकी रक्षा कम्पनीहरूले उत्पादन गर्ने गरेका छन्‌ ।

अमेरिका यसअघि युक्रेनलाई यस्तो हमला गर्ने अनुमति दिन इन्कार गर्दै आएको थियो । तर, लगभग कार्यकाल सकिएका बाइडेनले नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आधिकारिक रूपमा सत्ता हस्तान्तरण गर्नुअघि रूसमाथि मिसाइल दाग्न कियभलाई अनुमति दिएका हुन्‌ ।

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग ट्रम्पको सम्बन्ध नरम भएको मानिन्छ । चुनावी दौरानका क्रममा ट्रम्पले आफू राष्ट्रपति निर्वाचित भए चुट्कीका भरमा रूस(युक्रेन युद्ध अन्य गरिदिने दाबी गरेका थिए ।

युक्रेन र रूसबीच सन्‌ २०१४ देखि युद्ध जारी छ । युक्रेनलाई अमेरिकाले रूसविरुद्ध सघाउँदै आएको छ ।

प्रकाशित मिति : ४ मंसिर २०८१, मंगलबार  ९ : ४८ बजे

निर्वाचन : चुस्त सुरक्षा व्यवस्थापन र सुदृढीकरणमा जोड

काठमाडौं – आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा चुस्त सुरक्षा

बैतडीमा एमाले र रास्वपाका कार्यकर्ताबीच झडप, एमालेका दुई जना घाइते

काठमाडौँ– बैतडीमा नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताबीच

सयौँ नेपाली अनलाइन ‘स्क्यामिङ’को जालोमा

काठमाडौँ- सूचना प्रविधिको क्षेत्रमा आकर्षक रोजगारीको प्रलोभन देखाई नेपाली नागरिकलाई

टी–२० विश्वकप : न्यूजिल्याण्डले श्रीलंकालाई दियो १६९ रनको लक्ष्य

काठमाडौं – आईसीसी टी–२० विश्वकपको सुपर–८ अन्तर्गतको खेलमा न्यूजिल्याण्डले श्रीलंकालाई

पशुपति क्षेत्रमा एक पुरुष मृत फेला

काठमाडौं – काठमाडौं महानगरपालिका–८ स्थित पशुपति बस्तलेश्वर मन्दिर नजिकको सरस्वती