युक्रेनले रूसमा दाग्यो अमेरिकी मिसाइल « Khabarhub

युक्रेनले रूसमा दाग्यो अमेरिकी मिसाइल


४ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


939
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – युक्रेनले अमेरिकाबाट प्राप्त लामो दूरीको मिसाइल प्रहार गरेको रूसले जनाएको छ । रूससँग युद्धरत युक्रेनलाई अमेरिकी राष्ट्रपति जो बाइडेनले एक दिन अघिमात्रै आफूले प्रदान गरेको लामो दूरीको मिसाइल प्रहार गर्न अनुमति दिएका थिए ।

युक्रेनले त्यस्तो लामो दूरीको मिसाइल प्रहार गरेको पुष्टि रूसले नै गरेको हो । रूसका रक्षामन्त्री एन्ड्रे बेलोउसोभले रूसको ब्रियान्स इलाकामा युक्रेनले लामो दूरीको आर्मी टेक्निकल मिसाइल सिस्टम (एटीएसीएमएस) मिसाइल दागेको बताएका हुन्‌ ।

युक्रेनले प्रहार गरेकामध्ये पाँच मिसाइल खसालिएको र क्षतिग्रस्त एक मिसाइल नजिकैको सैन्य क्षेत्रमा खस्दा आगलागी भएको बेलोउसोभले बताए ।

अमेरिकाले दिएको मिसाइल रूसविरुद्ध प्रयोग गरिएको समाचार युक्रेनका मिडियाहरूमा पनि प्रकाशन भएको छ । तर, युक्रेनको सरकारले सो आक्रमणबारे हालसम्म आधिकारिक जानकारी दिएको छैन ।

अमेरिकी राष्ट्रपति बाइडेनको प्रशासनले सोमबा युक्रेनलाई रूसभित्र हमला हुनेगरी आफूले दिएको लामो दूरीको मिसाइल प्रयोग गर्न अनुमति दिएको थियो ।

आर्मी टेक्निकल मिसाइल सिस्टम (एटीएसीएमएस) एक सुपसोनिक ब्यालेस्टिक मिसाइल सिस्टम हो । यो मिसाइल अमेरिकी रक्षा कम्पनीहरूले उत्पादन गर्ने गरेका छन्‌ ।

अमेरिका यसअघि युक्रेनलाई यस्तो हमला गर्ने अनुमति दिन इन्कार गर्दै आएको थियो । तर, लगभग कार्यकाल सकिएका बाइडेनले नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आधिकारिक रूपमा सत्ता हस्तान्तरण गर्नुअघि रूसमाथि मिसाइल दाग्न कियभलाई अनुमति दिएका हुन्‌ ।

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग ट्रम्पको सम्बन्ध नरम भएको मानिन्छ । चुनावी दौरानका क्रममा ट्रम्पले आफू राष्ट्रपति निर्वाचित भए चुट्कीका भरमा रूस(युक्रेन युद्ध अन्य गरिदिने दाबी गरेका थिए ।

युक्रेन र रूसबीच सन्‌ २०१४ देखि युद्ध जारी छ । युक्रेनलाई अमेरिकाले रूसविरुद्ध सघाउँदै आएको छ ।

प्रकाशित मिति : ४ मंसिर २०८१, मंगलबार  ९ : ४८ बजे

सरकारले सात लाख विद्युतीय राहदानी किन्ने

काठमाडौं– सरकारले अन्तरिम अवधिका लाग हालकै आपूर्तिकर्तासँग सात लाख थान

सिमराको तनाव घटाउन सशस्त्र प्रहरीको तालिम केन्द्रमा वार्ता (तस्बिरहरू)

काठमाडौं– मंगलबार बाराको सिमरामा जेन-जी समूह र नेकपा एमाले निकट

सुरक्षण मुद्रण केन्द्रले छापेका लाइसेन्स यातायात व्यवस्था विभागलाई हस्तान्तरण

काठमाडौं- सुरक्षण मुद्रण केन्द्रले पहिलोपटक छपाई गरेको सवारीचालक अनुमति पत्र

राष्ट्रिय स्वयंसेवक फोर्सले सङ्कट र विपत्तिमा सघाउँछ : अध्यक्ष ओली

काठमाडौं– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नवगठित राष्ट्रिय

कमला पुल निर्माण तीव्र गतिमा अघि बढाउने मन्त्री घिसिङको प्रतिबद्धता

सिरहा– भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले हुलाकी सडकअन्तर्गत सिरहा