एनपीएल : विराटनगर किङ्ग्सले सार्वजनिक गर्‍यो जर्सी (तस्बिरहरू) « Khabarhub

एनपीएल : विराटनगर किङ्ग्सले सार्वजनिक गर्‍यो जर्सी (तस्बिरहरू)


४ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


300
Shares
  • change font
  • change font
  • change font

विराटनगर – नेपाल प्रिमियर लिग (एनपीएल) आबद्ध विराटनगर किङ्ग्सले आफ्नो जर्सी सार्वजनिक गरेको छ ।

विराटनगरस्थित होटल स्वागतममा मङ्गलबार साँझ विशेष समारोह आयोजना गरी विराटनगरले आफ्नो आधिकारिक जर्सी सार्वजनिक गरेको हो ।

कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्की, विराटनगर किङ्ग्सका मालिक पारस लुनिया र मार्की खेलाडी सन्दीप लामिछानेले जर्सी सार्वजनिक गरे ।

सो अवसरमा विराटनगर किङ्ग्सले ब्रान्ड एम्बास्डर तथा र्‍यापर कुशल पोखरेलको आवाजमा बनेको एन्थम पनि सार्वजनिक गरेको छ भने द फेस अफ विराटनगरका रूपमा गायिका रचना रिमाललाई सार्वजनिक गरेको छ ।

साथै, यु-१९ महिला क्रिकेट टोलीका मुख्य प्रशिक्षक महेशप्रसाद रिजाल र खेलाडी रिया शर्मालाई किङ्ग्सले सम्मानसमेत गरेको छ । महिला विश्वकपमा नेपालको स्थान सुरक्षित गराउन सफल उनीहरूलाई मुख्यमन्त्री कार्की र पारस लुनियाले सम्मान गरे ।

नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा यही मङ्सिर १५ गतेदेखि काठमाडौंमा हुने एनपीएलअन्तर्गत पहिलो खेलमै विराटनगरले जनकपुर बोल्टसँग खेल्नेछ ।

विराटनगर किङ्ग्समा लोकेश बम, दीपक बोहरा, सुभास भण्डारी, विमल गुरुङ र जितेन्द्र मुखिया लगायत रहेका छन् ।

अन्तर्राष्ट्रियस्तरमा ख्यातिप्राप्त खेलाडीहरूको सहभागितामा मङ्सिर १५ देखि पुस ६ गतेसम्म एनपीएल आयोजना हुँदैछ ।

 

प्रकाशित मिति : ४ मंसिर २०८१, मंगलबार  ८ : ४१ बजे

नारायणघाट–बुटवल सडक : पूर्वी खण्डका पुल निर्माण सम्पन्न

नवलपरासी– सरकारले राष्ट्रिय गौरवका रूपमा अगाडि बढाएको नारायणघाट–बुटवल सडकखण्डको पूर्वी

एक महिना लामो स्वस्थानी व्रत समापन (तस्बिरहरू)

काठमाडौं– पौष शुक्ल पूर्णिमाका दिन सुरु भएको एक महिना लामो

सर्लाहीमा सवारी दुर्घटना : ६ महिनामा २९ जनाको मृत्यु

सर्लाही– सवारी दुर्घटनामा परी सर्लाहीमा चालु आर्थिक वर्षको ६ महिनामा

कोइलावास भन्सार कार्यालय : लक्ष्यअनुसार राजस्व सङ्कलन भएन

दाङ– कोइलावास भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनामा लक्ष्यअनुसार

स्वास्थ्य बीमाको रकम भुक्तानी नपाउँदा प्रदेश अस्पताल पर्वत सङ्कटमा

पर्वत– लामो समयदेखि स्वास्थ्य बीमाको रकम भुक्तानी नपाउँदा पर्वतको एकमात्र