आज २०८० साल माघ ५ गते शुक्रबारको राशिफल « Khabarhub

आज २०८० साल माघ ५ गते शुक्रबारको राशिफल


५ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


13.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८० साल माघ ५ गते शुक्रबार तदनुसार सन् २०२४ जनवरी १९ तारिख । आज भरुणी नक्षत्र र मेखमा चन्द्रमा रहेका छन् ।

ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ । २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ ।

त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प. सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः

मेष : दिन राम्रो छ । दिन रमाइलोसँग बित्नेछ । स्वास्थ्य, शिक्षा र रोजगारीमा राम्रो हुनेछ । खर्च बढ्ने देखिन्छ । परिवारको सहयोग प्राप्त हुनेछ ।
वृष : दैनिकी सामान्य छ । आजको दिन खर्चिलो हुनेछ । विवादमा पर्नसक्ने देखिन्छ । परिवारसँगको सम्बन्ध सुमधुर रहने भएकाले दिन राम्रो हुनेछ । पूर्वको यात्रा नगर्नु राम्रो हुन्छ ।

मिथुन : समय राम्रो छ । माया मारेको धन र हराएका आफन्त भेटिने योग छ । स्वास्थ्यमा समस्या देखिन सक्छ । खानपानमा ख्याल गर्नु राम्रो हुन्छ । परिवारसँग ठुलो विश्वास गर्नाले घाटा हुने देखिन्छ ।

कर्कट : दैनिकी सामान्य छ । विश्वास गरेर लगानी गरेका ठाउँबाट धोखा पाइने छ । पराइ भनेकाहरुले सहयोग गर्नेछन् । पैतृक सम्पत्ति र बन्धुको साथ रहने छ । परिवारको साथ रहने छ । प्रेम सम्बन्ध सफल हुनेछ ।

सिंह : दिन राम्रो छ । चन्द्रमा दाहिना छन् । सोचेका राम्रा कुरा बन्नेछन् । शिक्षा क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । परिवारलाई विश्वास गर्दा धोखा हुनसक्छ ।

कन्या : दिन सामान्य राम्रो छ । ऋण खोजेर लगानी गर्दा फाइदा हुनेछ । वैदेशिक क्षेत्रमा ठग सक्रिय भएकाले सचेत हुनु राम्रो हुन्छ । परिवारको साथ मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

तुला : दिन राम्रो छ । स्वास्थ्य र वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । शिक्षा क्षेत्रको लगानीमा घाटा हुनेछ । सामाजिक र पारिवारिक क्षेत्रमा सम्बन्ध राम्रो छ ।

वृश्चिक : दिन सामान्य छ । आफूलाई चिनेर काम गर्नु भए मात्र दिन सहज हुनेछ । बोलीमा उतारचढाव भएमा प्रतिस्पर्धीले मौका पाउने देखिन्छ । परिवार र प्रेम सम्बन्ध सुमधुर रहनेछ ।

धनु : दिन राम्रो छ । न्याय पाउने योग रहेको छ । परिवारको साथ र सहयोगले दिन रमाइलो हुनेछ । शब्द जालमा पर्ने भएकाले सचेत बन्नु राम्रो हुन्छ । अचानक अप्रिय खबर सुन्नुपर्ने हुनसक्छ ।

मकर : दैनिकी सामान्य छ । कर्मको फल मात्र उपयोग गर्ने योग छ । अरुसँग अपेक्षा गर्दा घाटा हुनसक्छ । प्रतिस्पर्धी कडा भएकाले प्रतिवाद गर्ने क्षमता राख्नुपर्छ । विश्वास गरेका पात्रबाट धोखा हुने योग रहेको छ ।

कुम्भ : दैनिकी राम्रो छ । हनुमानको स्मरण गरेमा काम सफल हुनेछ । वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । परिवारको साथ र सहयोग रहने छ । प्रेम सम्बन्ध सुमधुर देखिन्छ ।

मीन : समय सामान्य छ । सञ्चित सम्पत्ति खर्च हुनेछ । आजको दिन व्यापारमा लगानी गर्नु राम्रो हुन्छ । आफन्त भन्दा अपरिचित मानिसबाट साथ र सहयोग मिल्नेछ । परिवारसँग सल्लाह गरेर अगाडि बढे दिन रमाइलो हुनेछ ।

प्रकाशित मिति : ५ माघ २०८०, शुक्रबार  ६ : १० बजे

अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने

काभ्रेपलाञ्चोक– स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डलाई तीव्रता दिन असार

लुम्बिनीमा भुटानी गुम्बा निर्माण सुरु, नेपाल–भुटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

भैरहवा– भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा भुटान सरकारले निर्माण गर्न

शुक्रबारसम्म ११ खर्ब १२ अर्ब राजश्व संकलन, पूँजीगत खर्च करिब ३५ प्रतिशत

काठमाडौं– चालु आर्थिक वर्ष पूरा हुन १९ दिन बाँकी हुँदा

तीन महिनादेखि निःशुल्क वितरण गरिने औषधिको अभाव

काँक्रेविहार– सल्यानका अस्पताल तथा स्वास्थ्य संस्थामा तीन महिनादेखि निःशुल्क वितरण

अमेरिकी आक्रमणपछि इरानको जवाफी हमला, सैन्य अड्डा निशानामा

 एजेन्सी – इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी) इरानी तटीय क्षेत्रहरूमा