एरिक विष्ट भारतीय क्लब सिलोङ लाजोङमा आबद्ध « Khabarhub

एरिक विष्ट भारतीय क्लब सिलोङ लाजोङमा आबद्ध


५ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


291
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टिमका मिडफिल्डर एरिक विष्ट भारतीय क्लब सिलोङ लाजोङ फुटबल क्लबमा आबद्ध भएका छन्। क्लबले हाल भारतको दोस्रो डिभिजनको क्लब आइ लिग – २ खेलिरहेको छ।

उनले क्लबसँग आबद्ध भएर प्रशिक्षण समेत थालेको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्। मेघालय राज्यको सिलोङ लाजोङ नर्थ एस्ट भारतको चर्चित क्लब मध्ये एक हो।

अप्रिलसम्म चल्ने लिगमा हाल सिलोङ पाँचौ स्थानमा छ। लिग बाहेक क्लबले हाल सुपर कप पनि खेलिरहेको छ। सुपर कपमा सिलोङले शनिबार जाम्सेदपुरसँग खेल्दैछ।

सिलोङबाट यसअघि नेपालका पूर्वकप्तान अनिल गुरुङले पनि आइ लिग खेलेका थिए।

प्रकाशित मिति : ५ माघ २०८०, शुक्रबार  ६ : ३८ बजे

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको

आगलागीमा परी बुहारीको मृत्यु, ससुरा घाइते

सिन्धुली – जिल्लाको कमलामाई नगरपालिका–६ धुराबजारस्थित एक घरमा आगलागी हुँदा

पूर्वाधार निर्माण गर्दा पर्यावरण संरक्षणलाई ध्यान दिन मुख्यमन्त्री बानियाँको आग्रह

मकवानपुर – बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रत्येक भौतिक पूर्वाधार निर्माण

रिहा भए छविलाल जोशी

काठमाडौँ – सहकारी ठगी प्रकरणमा कारागार चलान भएका छविलाल जोशी

टि–२० विश्वकप क्रिकेटका लागि प्रारम्भिक नेपाली टोली घोषणा

काठमाडौं – आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म भारत