घट्यो माछापुच्छ्रे बैंकको नाफा, खराब कर्जामा बृद्धी | Khabarhub Khabarhub

घट्यो माछापुच्छ्रे बैंकको नाफा, खराब कर्जामा बृद्धी


५ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – माछापुच्छ्रे बैंकको नाफा घटेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय अवस्थाले पुस मसन्तसम्म बैंकको नाफा २१.४५ प्रतिशतले घटेको जनाएको छ ।

हाल बैंकको नाफा ८० करोड ५३ लाख ८० हजार रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा बैंकको नाफा १ अर्ब २ करोड ५२ लाख ६२ हजार रुपैयाँ रहेको थियो ।

यो अवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेको छ । खुद ब्याज आम्दानी ५.५६ प्रतिशतले घटेर २ अर्ब ६३ करोड ७४ लाख ९७ हजार रुपैयाँमा रहेको छ । यस्तै सञ्चालन नाफा १३.१९ प्रतिशतले घटेर १ अर्ब २७ करोड ९२ लाख ३३ हजार रुपैयाँ रहेको छ ।

बैंकको वितरणयोग्य नाफा २४ करोड ६९ लाख ८६ हजार रुपैयाँ ऋणात्मक रहेको जनाएको छ । ११ अर्ब ६२ करोड १३ लाख ५७ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ५ अर्ब ४४ करोड २७ लाख १८ हजार रुपैयाँ रहेको छ ।

बैंकको खराब कर्जा भने २.६२ प्रतिशत रहेको छ । गत आवको सोही अवधिमा खराब कर्जा १.४१ प्रतिशत रहेको थियो ।

प्रकाशित मिति : ५ माघ २०८०, शुक्रबार  १० : ०९ बजे

सोलुखुम्बुको थामेखोलाले पाँच घर बगायो

सोलुखुम्बु – सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ स्थित थामेखोलामा आएको बाढीले

नेपालले जित्यो आसामविरुद्धको सिरिज

काठमाडौं – भारतको गुवाहाटीमा सम्पन्न पाँच खेलको टी-२० शृंखला नेपाल

अफगानिस्तानमा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ८०० नाघ्यो

अफगानिस्तान – अफगानिस्तानको दुर्गम, पहाडी क्षेत्रमा शक्तिशाली भूकम्पमा परी मृत्यु

प्रधानमन्त्री ओली र रुसी राष्ट्रपति पुटिनबीच भेटवार्ता

काठमाडौं – साङ्घाइ सहयोग संगठन (एससीओ)को शिखर सम्मेलनका लागि चीनको

थियान्चिनबाट एसीओले विश्वलाई दिएको सन्देश

काठमाडौं– अहिले चीनको थियान्चिन शहरमा विश्वका प्रभावशाली नेताहरुको जमघट छ