बागमती प्रदेशका आशुतोष घिरैयाको शतक « Khabarhub

बागमती प्रदेशका आशुतोष घिरैयाको शतक


५ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा वागमती प्रदेशका आशुतोष घिरैयाले कोशी प्रदेशविरुद्ध शतक प्रहार गरेका छन् । शतक हान्ने क्रममा आशुतोषले ९९ बलमा १३ चौका र २ छक्का प्रहार गरे ।

उनलाई साथ दिएका रित गौतम ४९ रनमा आउट भए ।

प्रतियोगितामा यो पाँचौ शतक हो । यसअघि पुलिसका रासिद खान, एपीएफका सन्दीप जोरा, आर्मीका बिनोद भण्डारी र कोशी प्रदेशका सुजन थपलियाले शतक हानेका थिए ।

टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बागमतीले २६ ओभरमा २ विकेट गुमाउँदै १७३ रन बनाएको छ ।

कोशीका लागि पहिलो विकेट कमल खत्रीले लिए । कोशी सुरुवाती चारै खेलमा पराजित छ । बागमतीले चार मध्य दुई खेल जितेको छ । पछिल्ला दुई खेलमा बागमतीले मधेश प्रदेश र त्रिभुवन आर्मी क्लबलाई हराएको थियो ।

प्रकाशित मिति : ५ माघ २०८०, शुक्रबार  ११ : २६ बजे

वस्तु खरिद-बिक्रीमा अनिवार्य बिल लिन-दिन सरकारको ताकेता

काठमाडौँ – आन्तरिक राजस्व विभागले वस्तु तथा सेवाको खरिद–बिक्री गर्दा

आजको मौसम पूर्वानुमान : कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा

काठमाडौँ – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

‘बजारमा ग्यासको हाहाकार : सरकार भन्छ, ‘आपूर्ति सहज छ’

काठमाडौँ – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा खाना पकाउने

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल साउन २० गते बुधबार सन् २०२६