त्रिविले दियो ०५८ पछि थेसिस बुुझाउन बाँकी विद्यार्थीलाई अन्तिम मौका « Khabarhub

त्रिविले दियो ०५८ पछि थेसिस बुुझाउन बाँकी विद्यार्थीलाई अन्तिम मौका


५ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


396
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले २०५८ सालपछि भर्ना भइ थेसिस, टर्मपेपर, प्रोजेक्ट रिपोर्ट, इन्टर्नसीप, प्रयोगात्मक परीक्षा तथा शिक्षण अभ्यास पूरा गर्न बाँकी विद्यार्थीलाई त्रिभुवन विश्वविद्यालयले एक पटकका लागि मौका दिने भएको छ ।

त्रिवि प्राज्ञिक परिषद् स्थायी समितिको बैठकले वार्षिक परीक्षा अन्तर्गत २०५८ मा अथवा त्यसभन्दा पछि भर्ना भइ सैद्धान्तिक परीक्षा पास गरेका तर थेसिसलगायतका प्रोजेक्ट रिपोर्ट र शिक्षण अभ्यास पूरा गर्न बाँकी विद्यार्थीलाई एक पटकका लागि मौका दिने निर्णय गरेको हो ।

समेष्टेर प्रणाली अन्तर्गत २०६८ सालमा भर्ना भइ समय सीमा काटेकालाई आउँदो असार मसान्तभित्र सम्बन्धित क्याम्पस र विभागमा बुझाइ भाईभा समेत गर्ने गरी एक पटकको लागि अवसर दिने निर्णय भएको त्रिविको प्राज्ञिक परिषद् कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार एमफिल तहमा २०६८ सालमा भर्ना भइ समय सीमा काटेकालाई पनि एक पटकको लागि मौका दिने भएको हो ।

प्रकाशित मिति : ५ माघ २०८०, शुक्रबार  १२ : २७ बजे

समसामयिक विषयमा धारणा सार्वजनिक गर्न आज कांग्रेसको पत्रकार सम्मेलन

काठमाडौँ – नेपाली कांग्रेसले समसामयिक राजनीतिक विषयवस्तुमा पार्टीको आधिकारिक धारणा

रियाल म्याड्रिडमा भिनिसियसको भविष्य अन्योलमा, मोरिन्होको नेतृत्वमा प्रि-सिजन तयारी तीव्र

म्याड्रिड – स्पेनिस फुटबल क्लब रियाल म्याड्रिडका ब्राजिलियन फरवार्ड भिनिसियस

इँटा भट्टाको पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

नेपालगञ्ज – बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१९ भैयापुरस्थित न्यु किसान इँटा भट्टामा

सिमलतालमा पहिरो खस्दा मुग्लिन-नारायणगढ सडक अवरुद्ध, पन्छाउन समय लाग्ने

काठमाडौँ – मुग्लिन-नारायणगढ सडक खण्डअन्तर्गत सिमलताल नजिकै पहिरो खस्दा सडक

वस्तु खरिद-बिक्रीमा अनिवार्य बिल लिन-दिन सरकारको ताकेता

काठमाडौँ – आन्तरिक राजस्व विभागले वस्तु तथा सेवाको खरिद–बिक्री गर्दा