गाजामा थप सामग्री वितरणको महासचिव गुटेरेसद्वारा स्वागत | Khabarhub Khabarhub

गाजामा थप सामग्री वितरणको महासचिव गुटेरेसद्वारा स्वागत


५ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

संयुक्त राष्ट्रसङ्घ– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले बिहीबार कतार र फ्रान्सको नेतृत्वमा गाजामा रहेका सर्वसाधारणलाई थप र अति आवश्यक औषधि तथा स्वास्थ्य सामग्री पुर्‍याउन र गाजामा बन्धक बनाइएका व्यक्तिहरूलाई अत्यावश्यक औषधि पुर्‍याउन गरिएको अभियानको स्वागत गरेका  छन् । 

गुटेरेसका प्रवक्ता स्टेफन दुजारिकले भने, ‘गाजामा यी अत्यावश्यक सामग्री र मानवीय सहायताको प्रवेश उत्साहजनक छ, तर गाजा पट्टीमा अझै धेरै सहायता आउन आवश्यक छ ।’

दुजारिकका अनुसार संयुक्त राष्ट्रसङ्घका प्रमुखले अत्यावश्यक सामग्री र मानवीय सहायताका लागि कतार र फ्रान्सको प्रयासको पनि प्रशंसा गरेका छन् ।

महासचिवले तत्काल मानवीय युद्धविरामका लागि आफ्नो अपिल र बन्धकहरूलाई तत्काल र बिनासर्त रिहा गर्न र उनीहरूको मानवीय व्यवहारका लागि आफ्नो आह्वान पनि दोहोर्‍याए।

गुटेरेसले गाजामा पर्याप्त मानवीय सहायता आवश्यक पर्ने ठाउँमा पुर्‍याउन सम्बन्धित सबै पक्षलाई आग्रह गर्दै गाजा पट्टीमा आधारभूत वस्तु ल्याउन निजी क्षेत्रलाई पुनः सक्रिय बनाउन आग्रह गरे ।

महासचिवले यस क्षेत्रमा बढ्दो तनावबारे चिन्ता व्यक्त गर्दै तत्काल तनाव कम गर्न आह्वान गरेको दुजारिकले बताए । 

कतार र फ्रान्सको मध्यस्थतामा भएको सम्झौताअनुसार गाजा पट्टीमा इजरायली बन्धक र सर्वसाधारणका लागि औषधि र अन्य मानवीय सहायता बुधबार उक्त क्षेत्रमा प्रवेश गरेको कतारले जनाएको छ ।

प्रकाशित मिति : ५ माघ २०८०, शुक्रबार  १२ : ३२ बजे

बङ्गलादेशका पूर्व प्रधानमन्त्री हसिनाको गृहनगरमा झडप, २० जना पक्राउ

गोपालगञ्ज – अपदस्थ प्रधानमन्त्री शेख हसिनाका समर्थक र सुरक्षाकर्मीबीच भएको

भरतपुरमा ट्र्याक्टरको ठक्करबाट साइकल यात्रीको मृत्यु

भरतपुर – चितवनमा ट्र्याक्टरको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको

मुस्ताङ आउने पर्यटक ५५ दशमलव ३ प्रतिशतले बढे

मुस्ताङ – उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडक बनेपछि मुस्ताङमा

मुस्ताङमा साइकल ट्रेल

मुस्ताङ – मुस्ताङको घरपझोङ–४ जोमसोमदेखि बारागुङ मुक्तिक्षेत्र–५ धार्काजुङसम्म साइकल ट्रेल

एमाले सचिवालय बैठक सात घण्टादेखि जारी

काठमाडौं – नेकपा एमालेको सचिवालय बैठक केन्द्रीय कार्यालय च्यासलमा जारी