ढुंगा उत्खननले पानीका मुहान सुक्दै « Khabarhub

ढुंगा उत्खननले पानीका मुहान सुक्दै


५ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


276
Shares
  • change font
  • change font
  • change font

मुग्लिन- चितवनको इच्छाकामना गाउँपालिका–१ स्थित चन्दली डाँडामा ढुङ्गा उत्खननसँगै पानीको मुहान सुक्न थालेका छन् । बिक्री वितरण गर्ने उद्देश्यका साथ घर छाउने ढुंगा उत्खनन हुन थालेपछि पानीका मुहान सक्दै जान थालेका हुन् ।

स्थानीय स्वास्थ्य चेपाङको नेतृत्वमा उक्त स्थानमा ढुङ्गा उत्खनन भइरहेको स्थानीयवासी रेशम चेपाङले बताए। ‘अवैधरुपमा उक्त स्थानमा ढुंगा उत्खनन हुने गरेको छ । ती ढुंगा चितवनका विभिन्न होटल निर्माण प्रयोजनका लागि प्रयोग गरिन्छन्’, उनले भने।

अवैधरुपमा ढुंगा उत्खनन गर्न थालेपछि खानीको डाँडाभन्दा तल रहेका चेपाङ गाउँ गारघर, जैथली, चौकीडाँडा, साप्रेनी र बङ्ग्याङलगायतमा पहिरोको जोखिममा बढेको छ । करिब २० वर्ष अघि पनि उक्त स्थानबाट ढुङ्गा निकाल्दा पहिरो गएको थियो । पुनःसोही ठाउँबाट जथाभावी ढुंगा निकाल्न थालेपछि स्थानीयमा पहिरोको जोखिम बढेको भन्दै त्रास छाएको छ ।

ढुंगा उत्खनन गर्दै गर्दा ती गाउँमा पिउने पानीको मुहानमा सुक्दै गएको रेशमले बताए। गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङ र वडाध्यक्ष सन्तबहादुर रानालाई जानकारी गराउँदा पनि कुनै चासो नदिएको भन्दै अनुगमनसमेत गर्न नआएको उनको भनाइ थियो ।

ढुंगा उत्खनन कार्य रोक्न आग्रह गर्दा उत्खननको नेतृत्व गर्ने स्वास्थ्य चेपाङले चुप लागेर बस्न भनी धम्की दिएको रेशमले जानकारी दिए। उनले भने, ‘ढुङ्गा उत्खनन भएको थाहा पाएपछि गाउँपालिकाका अध्यक्ष र वडाध्यक्षलाई जानकारी गराएँ, तर उनीहरु अनुगमनमा आएका छैनन् । पानीको मुहान सुक्दै गएको र पहिरोको जोखिम भएकाले उत्खनन कार्य रोक्न वडासदस्य विक्रम चेपाङलाई आग्रह गरे पनि हालसम्म सुनुवाई भएको छैन । ढुंगा उत्खनन गर्ने ठेकेदारले चुप लागेर बस्ने धम्की दिएको छ ।’

तीन साताअघिदेखि अवैधरुपमा ढुंगा उत्खनन गरेको थाहा पाइएपछि वडासदस्य चेपाङ सो स्थानमा निरीक्षणमा पुगेका थिए । गाउँपालिका अध्यक्ष गुरुङसँग यस विषयमा प्रतिक्रिया लिँदा उक्त स्थानमा ढुङ्गा उत्खननका लागि पालिकाले कसैलाई अनुमति नदिइएको बताए।

यसैबीच श्री नागेन सामुदायिक उपभोक्ता समिति इच्छाकामना–१ ज्यान्दालाले विज्ञप्ति निकालेर ढुंगा उत्खनन कार्य रोक्न आग्रह गरेको छ । उक्त सामुदायिक वनभित्र रहेको सार्वजनिक जग्गाको ढुंगा उत्खननसँगै पहिरोको जोखिम बढेको र चन्दलीको टारसँग जोडिएको उक्त जग्गा मासिँदै गएको जनाइएको छ ।

उक्त स्थानमा प्याराग्लाइडिङको सफल परीक्षणसमेत भएकाले पर्यटकीय गन्तव्यको रुपमा प्रचुर सम्भावना भएको वडासदस्यसमेत रहेका वन उपभोक्ता समितिका अध्यक्ष विक्रम चेपाङले बताए ।

प्रकाशित मिति : ५ माघ २०८०, शुक्रबार  १ : ४४ बजे

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको