धरानबाट बेपत्ता उपकुलपतिले काठमाडौंमै बोलाए बैठक | Khabarhub Khabarhub

धरानबाट बेपत्ता उपकुलपतिले काठमाडौंमै बोलाए बैठक

मुख्यसचिव भन्छन्– पुरानै नियमावली अनुसार अन्तरवार्ता लिन मिल्छ



सुनसरी– धरानस्थित वीपी स्थास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि आएका हजारौं बिरामीले थप सास्ती खेपिरहेका छन् । चिकित्साशास्त्रको पठनपाठन र नियमित परीक्षा ठप्प छ । इमर्जेन्सी र सघन उपचार कक्ष बाहेकहरु ओपिडी सेवा बन्द छन् । प्रतिष्ठानका उपकुलपति भने धरानबाट बेपत्ता भएका छन् ।

चरम बेथिति, आर्थिक अनियमितता र भ्रष्टाचारले थलिएर आफैं आइसीयुमा पुगेको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पदाधिकारी र राजनीतिक दलका शीर्ष नेताहरुले कमाई खाने भाँडो बनाउँदा कहिल्यै सुधार हुन सकेको छैन ।

वीपी प्रतिष्ठानलाई लथालिङ्ग अवस्थामै छाडेर यतिबेला पदाधिकारीहरु काठमाडौमा भेला भएका छन् । पदाधिकारीहरुलाई पछ्याउँदै धरानका राजनीतिक दलका प्रतिनिधिहरु र प्रतिष्ठानमा आन्दोलनरत कर्मचारीका प्रतिनिधि पनि काठमाडौंमै जम्मा भएका छन् ।

काठमाडौंमा जम्मा भएका दलका प्रतिनिधि र आन्दोलनरत पक्षले भेट्ने र छलफल गर्ने भनेको वीपी प्रतिष्ठानका कुलपति प्रधानमन्त्री पुष्पकमल दाहाल, सहकुलपति एवं स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत , मुख्यसचिव बैकुण्ठ अर्याल, स्वास्थ्य सचिव र लोकसेवा आयोगका पदाधिकारहरु नै हुन् ।

प्रतिष्ठानमा उत्पन्न समस्या समाधान गर्न भनेर प्रधानमन्त्री, स्वास्थ्यमन्त्री र सचिव र लोकसेवा आयोगका पदाधिकारीलाई यो बर्ष मात्रै करिव १५ पटकभन्दा बढी भेटेर छलफल भएको छ ।

हरेकपटक प्रधानमन्त्रीले स्वास्थ्यमन्त्री र सचिवलाई ‘वीपीको समस्या समाधान गर्नू’ भनेर निर्देशन दिने गरेका छन् । स्वास्थ्यमन्त्री र सचिवले पदाधिकारीलाई आफ्नो राय लेखेर पठाउने गरेको छ । तर, नतिजा देखिएको छैन ।

काठमाडौमै कास बैठक !

कामु उपकुलपति प्राडा कार्कीले पदोन्नतिका लागि लिइनुपर्ने अन्तरवार्ताको एकल एजेण्डा हटाएर स्वास्थ्य मन्त्रालय र दलका केही प्रतिनिधिको आडमा शुक्रबार काठमाडौंमै कार्यकारिणी समितिको बैठक बोलाएका आन्दोलनरत पक्षको गुनासो छ ।

शिक्षक कल्याण समाजका अध्यक्ष डा सेराज अहमद खानले भने लामो समयदेखि रोकिएको चिकित्सक शिक्षक र कर्मचारीको पदोन्नतिको विषयमा प्रष्ट हुँदाहुँदै पनि कार्कीले प्रक्रिया अघि नबढाएको बताए ।
उनले भने, ‘पदोन्नतिको विषयमा आन्दोलन भइरहेका बेला कामु उपकुलपतिले गैरकानूनी रुपमा नयाँ कास सदस्य बनाउने र नयाँ विभागीय प्रमुख बनाउनेमा केन्द्रित भएका छन् । जबकि चिठी पठाएका अधिकांश प्राध्यापकहरुले अस्वीकृत गरिसकेका छन् ।’

समाजका अध्यक्ष डा. खानले कामु उपकुलपति कार्कीले प्रतिष्ठानमै आएर कार्यकारिणी समितिको बैठक राख्नुपर्ने माग गरेका छन् । खानले कार्की धरान आएमा ताला खोलेर सहज वातावरण निर्माण गर्ने बताए ।
उनले भने, ‘यस वीपी प्रतिष्ठानका हामी चिकित्सक शिक्षक र कर्मचारीहरु कामु उपकुपतिको अवैध क्रियाकलापले चलिरहेको अन्तवार्ता रोक्ने अवान्छित गतिविधिको मारमा परेका छौं । अहिले न्यायको गुहार माग्दै सडकमा भौतारिरहेका छौं ।

खानले अगाडि भने, ‘काठमाडौंमै बसेर कासको बैठक राखेर आफू अनुकुल कास सदस्य र विभागीय प्रमुख छान्ने काम बन्द गरुन् । उनकै कारण प्रतिष्ठानको स्वास्थ्य सेवा र शिक्षा अवरुद्ध भएकाले त्यसको सम्पूर्ण जिम्मेवारी पनि कामु उपकुलपति कार्कीले नै लिनुपर्छ ।’

यसैबीच शुक्रबार शिक्षक कल्याण समाज र कर्मचारी कल्याण समाजले संयुक्त विज्ञप्ति जारी गर्दै धरान बाहिर काठमाडौंमा कासको बैठकले गरेको निर्णय समाजलाई अमान्य हुने चेतावनी दिएको छ ।

हेर्नुहोस् विज्ञप्ति- 

पुरानै नियमावली अनुसार अन्तरवार्ता लिन मिल्छ : मुख्यसचिव

पछिल्लो पटक माघ ४ गते मुख्यसचिव बैकुण्ठ अर्यालको कार्यालयमा वीपी प्रतिष्ठानको समस्या समाधान गर्न बैठक बस्यो । त्यहाँ पदोन्नतिका लागि अवरुद्ध अन्तरवार्ता अघि बढाउने सहमतिसम्म भयो ।
सात बर्षदेखि रोकिएको चिकित्सक शिक्षकको पदोन्नतिको विषयमा कायम मुकायम उपकुपति प्राडा प्रल्हाद कार्कीले नयाँ नियमावली नबनेको अवस्थामा पुरानो नियमावली अनुसार प्रक्रिया अगाडि बढाउँदा लोकसेवा आयोगले नदिने र कानून सम्मत नठहरिने जिकिर गर्दै आएका छन् ।

तर, मुख्यसचिव अर्यालले नयाँ नियमावली लागु नभएसम्म पुरानै नियमावली बमोजिम काम अघि बढाउन किन समस्या भयो भनेर कार्कीलाई प्रश्न गरेका थिए । बैठकमा अर्यालले भने, ‘जब कि भर्खरै हामीले उपसचिव र सहसचिवहरुको बढुवा पुरानै नियमावलीबमोजिम गरेका छौं ।’

मुख्यसचिव अर्यालले स्वास्थ्यमन्त्री र लोकसेवा आयोगका पदाधिकारीलाई टेलिफोन गरेर अन्तरवार्ता सुचारू गर्न कुनै बाधा नदेखिएको बताएका थिए । उनले तत्काल वीपी प्रतिष्ठानमा देखिएको विवाद समाधान गर्न कार्यकारिणी समितिको बैठक गरेर दु्रतगतिमा निकास दिँदै अस्पताल र पठन पाठन सुचारु गर्न सुझावसहित निर्देशन दिएका थिए ।

यसअघि मुख्यसचिव बैकुण्ठ अर्यालको संयोजकत्वमा गठित समितिले दिएको विस्तृत प्रतिवेदन र पूर्व अर्थसचिव कृष्णहरि बास्कोटाले तयार पारेको प्राराम्भिक प्रतिवेदनले पनि आन्तरिक बढुवा गर्ने व्यवस्था प्रष्ट गरेको थियो ।

प्रकाशित मिति : ५ माघ २०८०, शुक्रबार  २ : २१ बजे

बुधबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय

सन् २०२५ को स्वागत

काठमाडौं – ग्रेगोरियन पात्रोअनुसार आजदेखि नयाँ वर्ष इस्वी संवत् २०२५

बुधबार कृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल पुस १७ गते बुधबार तदनुसार अंग्रेजी

आज २०८१ साल पुस १७ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८१ साल पुस १७ गते बुधबार तदनुसार

तोयानाथ स्मृति प्रतिष्ठानलाई लमजुङमा आठ रोपनी जग्गा

लमजुङ – लमजुङको सुन्दरबजार नगरपालिका–४ दुराडाँडा, अर्चल्यानीस्थित हलोक्रान्ति नेपाल तथा