गुणस्तरीय खाना माग्दै मेडिकल कलेजका विद्यार्थी ९ दिनदेखि आन्दोलनमा « Khabarhub

गुणस्तरीय खाना माग्दै मेडिकल कलेजका विद्यार्थी ९ दिनदेखि आन्दोलनमा


५ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गुणस्तरीय खानाको माग गर्दै राजधानीको जोरपाटी अत्तरखेलस्थित नेपाल मेडिकल कलेजका विद्यार्थी विगत ९ दिनदेखि आन्दोलनरत छन् । कलेजमा होस्टेल अनिवार्य गर्नुका साथै मेसमा गुणस्तरहीन खाना दिइएको भन्दै कलेजमा एमबीबीएस पहिलो र दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरु आन्दोलनमा उत्रेका हुन् ।

कलेज प्रशासनले होस्टेल अनिवार्य गर्नुका साथै साथै क्यान्टिनको खाना गुणस्तरहीन हुँदा पनि जबरजस्ती त्यही खाना खान बाध्य पारेको आन्दोलनरत विद्यार्थीको आरोप छ ।

कलेजले विद्यार्थीहरुबाट एक वर्षको अग्रिम खाना शुल्क लिएपनि एक वर्षमा खानाका लागि १ लाख ५० हजार रुपैयाँ तिरेपनि मेसमा गुणस्तरीय खाना नदिइएको आन्दोलनरत विद्यार्थीको भनाइ छ ।

चिकित्सा शिक्षा आयोगले खाना शुल्क अनिवार्य नगर्नू भनी दुई वर्षअघि नै पत्र काटिसकेपनि कलेजले जबरजस्ती अग्रिम शुल्क लिएको र यसबारे आवाज उठाउँदा कलेज प्रशासनले उल्टै फेल गर्दिन्छु भनेर डर धम्की दिएको आन्दोलनरत विद्यार्थीले जनाएका छन् ।

गुणस्तरहीन खानाका विषयलाई लिएर विद्यार्थीले गरेको आन्दोलनमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले ऐक्यबद्धता जनाएको छ । शुक्रबार विज्ञप्ति जारी गर्दै अनेरास्ववियुले विद्यार्थीका जायज मागलाई तत्काल सम्बोधन गर्नसमेत कलेज प्रशासनसमक्ष माग पनि गरेको छ ।

प्रकाशित मिति : ५ माघ २०८०, शुक्रबार  ३ : १० बजे

स्वास्थ्य बीमा प्रभावकारी बनाउन औषधि बल्क खरिद गर्ने सरकारको तयारी

काठमाडौं– स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले स्वास्थ्य बीमा कार्यक्रमलाई

रास्वपाको एकल बहुमतले राजनीतिक जोखिम कम गर्ने र आर्थिक सुधारको ढोका खोल्ने : फिच रेटिङ

काठमाडौं– अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सी ‘फिच रेटिङ’ ले नेपालको पछिल्लो

पश्चिम एसियामा द्वन्द्व : उद्धार तथा आवश्यक सहायताका लागि विवरण दर्ता क्रम जारी

काठमाडौं– पश्चिम एसियाको द्वन्द्वपछि परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुलर सेवा विभागद्वारा सञ्चालनमा

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ मा २२ दशमलव पाँच मेगावाट क्षमताको

धनुषा-१ मातृका यादव विजयी भएको विवरण आयोगले गर्‍यो वेबसाइटमा अपडेट

काठमाडौँ – निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ को प्रत्यक्ष