गुणस्तरीय खाना माग्दै मेडिकल कलेजका विद्यार्थी ९ दिनदेखि आन्दोलनमा « Khabarhub

गुणस्तरीय खाना माग्दै मेडिकल कलेजका विद्यार्थी ९ दिनदेखि आन्दोलनमा


५ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गुणस्तरीय खानाको माग गर्दै राजधानीको जोरपाटी अत्तरखेलस्थित नेपाल मेडिकल कलेजका विद्यार्थी विगत ९ दिनदेखि आन्दोलनरत छन् । कलेजमा होस्टेल अनिवार्य गर्नुका साथै मेसमा गुणस्तरहीन खाना दिइएको भन्दै कलेजमा एमबीबीएस पहिलो र दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरु आन्दोलनमा उत्रेका हुन् ।

कलेज प्रशासनले होस्टेल अनिवार्य गर्नुका साथै साथै क्यान्टिनको खाना गुणस्तरहीन हुँदा पनि जबरजस्ती त्यही खाना खान बाध्य पारेको आन्दोलनरत विद्यार्थीको आरोप छ ।

कलेजले विद्यार्थीहरुबाट एक वर्षको अग्रिम खाना शुल्क लिएपनि एक वर्षमा खानाका लागि १ लाख ५० हजार रुपैयाँ तिरेपनि मेसमा गुणस्तरीय खाना नदिइएको आन्दोलनरत विद्यार्थीको भनाइ छ ।

चिकित्सा शिक्षा आयोगले खाना शुल्क अनिवार्य नगर्नू भनी दुई वर्षअघि नै पत्र काटिसकेपनि कलेजले जबरजस्ती अग्रिम शुल्क लिएको र यसबारे आवाज उठाउँदा कलेज प्रशासनले उल्टै फेल गर्दिन्छु भनेर डर धम्की दिएको आन्दोलनरत विद्यार्थीले जनाएका छन् ।

गुणस्तरहीन खानाका विषयलाई लिएर विद्यार्थीले गरेको आन्दोलनमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले ऐक्यबद्धता जनाएको छ । शुक्रबार विज्ञप्ति जारी गर्दै अनेरास्ववियुले विद्यार्थीका जायज मागलाई तत्काल सम्बोधन गर्नसमेत कलेज प्रशासनसमक्ष माग पनि गरेको छ ।

प्रकाशित मिति : ५ माघ २०८०, शुक्रबार  ३ : १० बजे

गाँजासहित एक भारतीय पक्राउ

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब चार किलो २८४ ग्राम गाँजासहित

ला लिगा : विपक्षीको पोस्टमा एल्चेको चार गोल

काठमाडौं – ला लिगा अन्तर्गत गएराति भएको खेलमा रायो भालेकानोमाथि

विभागले गर्‍याे दुई रेष्टुरेन्टलाई ५० हजार रुपैयाँको दरले जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा उद्योग

पोखरेल समूहको भेला र पूर्वराष्ट्रपतिको अभिव्यक्तिप्रति ज्ञवालीको टिप्पणी – दुई दृश्यले आँखा बिझायो

काठमाडौं – नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले महाधिवेशन लगत्तै छुट्टै

१५ शय्याको मध्यविन्दु नगर अस्पताल निर्माण

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यविन्दु नगरपालिकामा १७ करोड ५६