सिचाई आयोजना निर्माणमा बजेटको कमी हुँदैन : मन्त्री बस्नेत « Khabarhub

सिचाई आयोजना निर्माणमा बजेटको कमी हुँदैन : मन्त्री बस्नेत


५ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री शक्ति बहादुर बस्नेतले राष्ट्रिय गौरवका सिँचाइ आयोजना निर्माणमा बजेटको कमी हुन नदिने बताएका छन् ।

शुक्रबार सिंहदरबारमा बसेको राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा मन्त्री बस्नेतले बिभिन्न सिँचाइआयोजनाहरू लामो समयदेखि निर्माणाधीन रहेको भन्दै उक्त आयोजनाहरूलाई बजेटको कमी हुन नदिने बताए ।

सिँचाइआयोजना निर्माणलाई निरन्तरता दिइएको र पूर्ण रुपमा सम्पन्न नभएपनि जनताले भने त्यसबाट लाभ लिइरहेको उनले बताए । मन्त्री बस्नेतले राष्ट्रिय गौरवका सिँचाइआयोजना निर्माणमा केही ढिलाई भएकाले समयतोकेरै सम्पन्न गर्नेगरी काम अघि बढेको धारणा राखे ।

त्यस्तै उनले सुख्खा याममा विद्युतको आयात घटाउन उत्पादन बढाउनुपर्ने र जलाशययुक्त आयोजनाहरूमा ध्यान दिनुपर्ने बताए । जलाशाययुक्त आयोजनाहरू निर्माण गर्दा लागत महङ्गो हुन जाने र नाफा पनि कम हुने भएकाले त्यस्ता आयोजनामा लगानी आकर्षित गर्न नसकिएको मन्त्री बस्नेतको भनाई छ । 

समिति सभापति दिल कुमारी रावलले राष्ट्रिय गौरवका आयोजनामा बजेटको कमी हुन नदिने प्रतिवद्धता सरकारबाट आएपनि बजेट अभावको गुनासो आउने गरेकाले अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगसँग छलफल गर्ने बताए । 

प्रकाशित मिति : ५ माघ २०८०, शुक्रबार  ३ : २१ बजे

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल साउन २० गते बुधबार सन् २०२६

आज २०८३ साल साउन २० गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन २० गते बुधबार सन् २०२६

‘स्ट्रेट अफ होर्मुज’ मा कार्गो जहाजमा प्रहार

काठमाडौँ- ‘स्ट्रेट अफ होर्मुज’ मा ओमानको तट नजिकै एउटा कार्गो

भारतीय अभिनेता प्रदीप रावतको निधन

काठमाडौँ । लगान र गजनी लगायतका चर्चित भारतीय चलचित्रमा अभिनय

रेडक्रसमा ‘भ्रष्टाचार र बेथिति’ को थप उजुरी दिन आह्वान

काठमाडौँ- नेपाल रेडक्रस सोसाइटीले मातहतका सबै तहमा हुने अनियमितता, भ्रष्टाचार