सिचाई आयोजना निर्माणमा बजेटको कमी हुँदैन : मन्त्री बस्नेत « Khabarhub

सिचाई आयोजना निर्माणमा बजेटको कमी हुँदैन : मन्त्री बस्नेत


५ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री शक्ति बहादुर बस्नेतले राष्ट्रिय गौरवका सिँचाइ आयोजना निर्माणमा बजेटको कमी हुन नदिने बताएका छन् ।

शुक्रबार सिंहदरबारमा बसेको राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा मन्त्री बस्नेतले बिभिन्न सिँचाइआयोजनाहरू लामो समयदेखि निर्माणाधीन रहेको भन्दै उक्त आयोजनाहरूलाई बजेटको कमी हुन नदिने बताए ।

सिँचाइआयोजना निर्माणलाई निरन्तरता दिइएको र पूर्ण रुपमा सम्पन्न नभएपनि जनताले भने त्यसबाट लाभ लिइरहेको उनले बताए । मन्त्री बस्नेतले राष्ट्रिय गौरवका सिँचाइआयोजना निर्माणमा केही ढिलाई भएकाले समयतोकेरै सम्पन्न गर्नेगरी काम अघि बढेको धारणा राखे ।

त्यस्तै उनले सुख्खा याममा विद्युतको आयात घटाउन उत्पादन बढाउनुपर्ने र जलाशययुक्त आयोजनाहरूमा ध्यान दिनुपर्ने बताए । जलाशाययुक्त आयोजनाहरू निर्माण गर्दा लागत महङ्गो हुन जाने र नाफा पनि कम हुने भएकाले त्यस्ता आयोजनामा लगानी आकर्षित गर्न नसकिएको मन्त्री बस्नेतको भनाई छ । 

समिति सभापति दिल कुमारी रावलले राष्ट्रिय गौरवका आयोजनामा बजेटको कमी हुन नदिने प्रतिवद्धता सरकारबाट आएपनि बजेट अभावको गुनासो आउने गरेकाले अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगसँग छलफल गर्ने बताए । 

प्रकाशित मिति : ५ माघ २०८०, शुक्रबार  ३ : २१ बजे

योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’

म्याग्दी– पृष्ठभूमिमा लहरै हिमाल । वरपर घना जङ्गल । शान्त

सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न

काठमाडौं – सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३ दोभानस्थित निर्माणाधीन सुरुङ

गाँजासहित एक भारतीय पक्राउ

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब चार किलो २८४ ग्राम गाँजासहित

ला लिगा : विपक्षीको पोस्टमा एल्चेको चार गोल

काठमाडौं – ला लिगा अन्तर्गत गएराति भएको खेलमा रायो भालेकानोमाथि

विभागले गर्‍याे दुई रेष्टुरेन्टलाई ५० हजार रुपैयाँको दरले जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा उद्योग