हात्ती धपाउँदै जनता जोगाउने अभियानमा निकुञ्ज | Khabarhub Khabarhub

हात्ती धपाउँदै जनता जोगाउने अभियानमा निकुञ्ज


५ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवन राष्ट्रिय निकुञ्जमा रहेका जंगली हात्तीले बस्ती पसेर जनतालाई सास्ती दिन थालेपछि हात्ती धपाउँदै जनता जोगाउने अभियानमा निकुञ्ज प्रशासन लागेको छ । 

विशेष गरी ध्रुवेगोविन्दे हात्तीले निकुञ्जको मुख्यालय कसराबाट पश्चिम क्षेत्रमा जनतालाई सास्ती दिन थालेपछि निकुञ्ज अभियानमा लागेको हो ।

निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार दुई हात्ती मेघौली र माडी क्षेत्रमा बस्तीमा पस्न थालेपछि स्थानीयस्तरमा रहेका सेना र निकुञ्जको टोलीलाई सहयोग गर्न थप एक टोली पठाइएको छ । विगत तीन/चार दिनदेखि टोली परिचालन गरिएको उनले बताए।

‘निकुञ्जबाट गएको टोलीसँग गाडीसहित अन्य उपकरण पनि रहेकाले जहाँ हात्ती हुन्छ त्यहाँ पुग्न सक्छन्’, तिवारीले भने, ‘टोलीले स्थानीयस्तरमा रहेका निकुञ्जका कर्मचारी र नेपाली सेनाका कर्मचारीको सहयोगमा हात्तीलाई धपाउने काम गर्छ ।’ 

पश्चिम क्षेत्रमा रहेका दुई हात्तीका कारण निकुञ्ज हुँदै माडी प्रवेश गर्ने सडकमा जोखिम बढेको छ । कहिलेकाहीँ हात्ती सडक आसपासमा भएको सूचनाको आधारमा सवारी आवागमन नै रोकिने गरेको तिवारीले जानकारी दिए। उनका अनुसार अन्य समयमा समेत निकुञ्ज पार गर्न मोटरसाइकललाई समूहमा पठाउने गरिएको छ ।

निकुञ्जमा रहेका चार जङ्गली हात्तीमध्ये पूर्वी क्षेत्रमा मकुना र रोनाल्डो छन् । ती हात्तीले अहिले खासै समस्या नदिएको भए पनि पश्चिम क्षेत्रमा रहेका हात्तीले बस्तीमा पसेर जनतालाई त्रसित बनाउँदै आएका छन् । 

सबैभन्दा लामो दूरी हिँडेर आतंक मच्चाउने ध्रुवे हात्ती हो । तिवारीले भने, ‘हामीले निकुञ्ज आसपास बस्ने जनतालाई सजग रहन भनेका छौँ । मध्यवर्ती क्षेत्रमा घाँस दाउरा गर्न जाँदासमेत सजग भएर जान अनुरोध गरेका छौँ ।’

प्रकाशित मिति : ५ माघ २०८०, शुक्रबार  ३ : ३२ बजे

आपराधिक लाभसम्बन्धी कसूरमा फरार पक्राउ

काठमाडौं- ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभसम्बन्धी कसूर मुद्दाका फरार

रूस–युक्रेन आक्रमणमा कम्तीमा तीन जनाको मृत्यु

किएभ- युक्रेनका विभिन्न क्षेत्रमा रूसले रातभर आक्रमण गरेको युक्रेनी अधिकारीहरूले

सुनसरीको देवानगञ्जबाट गाँजा बरामद

सुनसरी – सुनसरीको देवानगञ्जबाट प्रहरीले ६० केजी गाँजा बरामद गरेको

कपिलवस्तु र मोरङमा आगलागी

काठमाडौं- कपिलवस्तु र मोरङका छुट्टाछुट्टै स्थानमा आगलागी हुँदा धनमाल जलेर

बैंकिङ कसूर गरी फरार रहेका व्यक्ति पक्राउ

काठमाडौं- बैंकिङ कसूर मुद्दाका फरार रहेका एक जनालाई काठमाडौं उपत्यका