बंगलादेशमा कोभिड-१९ को जेएन १ भेरियन्ट भेटिएको पुष्टि « Khabarhub

बंगलादेशमा कोभिड-१९ को जेएन १ भेरियन्ट भेटिएको पुष्टि


५ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

ढाका– बंगलादेश सरकारले बिहीबार कोरोनाभाइरसको नयाँ भेरियन्ट जेएन १ को पहिचान भएको पुष्टि गरेको छ ।

जेएनप्रजाती कोभिड–१९ का बिरामीहरूमा फेला परेको थियो । कोभिड–१९ को जेएनप्रजातीबारे बङ्गलादेमा हालसम्म कुनै रेकर्ड नभएको यहाँको महामारी विज्ञान, रोग नियन्त्रण र अनुसन्धान संस्थान (आईईडीसीआर) का निर्देशक तहमिना सिरिनले पत्रकारहरूलाई बताएका छन् ।

यस  सन्दर्भमा स्वास्थ्य मन्त्रालय अन्तर्गत बङ्गलादेशको स्वास्थ्य सेवा महानिर्देशनालय (डिजिएचएस) ले बिहीबार सूचना जारी गरी अधिकारीहरूलाई पहिलो, दोस्रो र बूस्टर डोजका लागि कोभिड–१९ खोप कार्यक्रम पुनः सुरु गर्न निर्देशन दिएको छ ।

बङ्गलादेश सरकारले अर्को वर्षसम्ममा कोभिड–१९ खोपको २५ करोड डोज लगाउने योजना बनाएको एक वरिष्ठ अधिकारीले बताएका छन् । 

बङ्गलादेशको स्वास्थ्य सेवा विभागका सचिव जहाँगीर आलमले खोपहरूमध्ये आधा यस वर्ष चौथो डोजको रूपमा दिइने र बाँकी २०२५ मा दिइने सञ्चारकर्मीहरूलाई बताए ।

अधिकारीका अनुसार नयाँ खोप अभियानले कोभिड–१९ को जेएन १ भेरियन्टको उदयको चिन्तालाई ध्यानमा राख्दै  अग्रपङ्तिका कामदार र स्वास्थ्य कमजोरी भएका व्यक्तिहरूलाई प्राथमिकता दिनेछ ।

गत महिना, विश्व स्वास्थ्य संगठनले जेएन १ प्रजातिलाई छुट्टै संस्करणको रूपमा वर्गीकृत गर्दै विश्वव्यापी रूपमा द्रुत गतिमा फैलिरहेको बताएको छ । 

प्रकाशित मिति : ५ माघ २०८०, शुक्रबार  ४ : ३३ बजे

योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’

म्याग्दी– पृष्ठभूमिमा लहरै हिमाल । वरपर घना जङ्गल । शान्त

सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न

काठमाडौं – सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३ दोभानस्थित निर्माणाधीन सुरुङ

गाँजासहित एक भारतीय पक्राउ

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब चार किलो २८४ ग्राम गाँजासहित

ला लिगा : विपक्षीको पोस्टमा एल्चेको चार गोल

काठमाडौं – ला लिगा अन्तर्गत गएराति भएको खेलमा रायो भालेकानोमाथि

विभागले गर्‍याे दुई रेष्टुरेन्टलाई ५० हजार रुपैयाँको दरले जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा उद्योग