प्रधानमन्त्री कप : आशुतोषको शतकमा बागमती विजयी | Khabarhub Khabarhub

प्रधानमन्त्री कप : आशुतोषको शतकमा बागमती विजयी


५ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले कोशी प्रदेशलाई पराजित गरेको छ । 

शुक्रबार टियु क्रिकेट मैदान किर्तिपुरमा भएको खेलमा बागमतीले कोशीलाई ६४ रनले पराजित गरेको हो । जितका लागि २७४ रनको लक्ष्य पछ्याएको कोशी ४७ दशमलव १ ओभरमा अलआउट हुँदै २ सय ९ रनमा समेटियो । कोशीका लागि सुजन थपलियाले अर्धशतकीय पारी खेल्दै सर्वाधिक ५९ रन बनाए ।

त्यस्तै अंकित सुवेदीले ५३ रनको योगदान दिए । बागमतीका इशान पाण्डेले ५ विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको बागमतीले बागमतीले ४८ दशमलव ३ ओभरमा अलआउट हुँदै २ सय ७३ रन जोड्यो । 

बागमतीका आशुतोष घिरैयाले १ सय १८ रनको योगदान दिएका थिए । कोशीका लागि अभ्यास तिम्सिनाले ३ विकेट लिए । जितसँगै बागमती अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । कोशी प्रदेश लगातार पाँचौ हार बेहोर्दै तालिकाको पुछारमा रहेको छ । राउन्ड रोविन लिग फम्र्याटमा भइरहेको प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय टिम सहभागी छन् । 

लिगको शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।

 

प्रकाशित मिति : ५ माघ २०८०, शुक्रबार  ४ : ५४ बजे

रुट र बुमराह ब्याटिङ र बलिङ वरीयताको शीर्ष स्थानमा

काठमाडौं – टेस्ट वरीयतामा ब्याटिङतर्फ इंग्ल्यान्डका जोए रुट तथा बलरमा

भरतपुर महानगरले खर्च र आम्दानी दुवै बढायो

चितवन – भरतपुर महानगरपालिकाले अघिल्लो वर्षको तुलनामा खर्च र आम्दानी

नेपाली गलैँचा तेस्रो मुलुक निर्यात हुन थाल्यो

वीरगञ्ज– बारा–पर्सा औद्योगिक कोरिडोरमा अवस्थित  प्रेस्टिज कार्पेट इन्डस्ट्रिजले आफ्ना उत्पादन

ट्रम्पलाई नसा सम्बन्धी समस्या

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई रगतको नसा सम्बन्धी क्रोनिक

तनहुँका किसानलाई दूधमा अनुदानबापत ९७ लाख वितरण

दमौली – भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले दुग्ध