अटोमेसन प्रणालीबाट पेसी तोक्दै उच्च अदालत | Khabarhub Khabarhub

अटोमेसन प्रणालीबाट पेसी तोक्दै उच्च अदालत


५ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

गलकोट– उच्च अदालत पोखरा बागलुङ इजलास प्रविधिमैत्री बन्दै गएको छ । आधुनिक प्रविधिका कारण फैसलामा हुने ढिलाइ अन्त्य हुनाका साथै नागरिकले तोकिएकै समयमा न्याय पाउन थालेका छन् ।

अदालत प्रविधिमैत्री बन्दै गएपछि मुद्दा फछ्र्यौट दरसमेत बढ्दै जाँदा अदालतमा एक वर्ष नाघेका मुद्दा न्यून छन् । सेवाग्राहीलाई सहज सेवा दिनका लागि कम्प्युटरमा अटोमेसन प्राणालीमार्फत पेसी तोक्न थालिएको उक्त इजलासका मुख्यन्यायाधीश मदन पोख्रेलले बताए। 

अदालतले टाइम कार्डको समेत व्यवस्था गरेको छ । मुद्दा दर्ता भएकै दिन मुद्दाको पेशी, आदेश र फैसला हुने समयको व्यवस्था गरेर सोहीअनुसार पेसी र तारेख दिने गरिएको उक्त अदालतका रजिष्टार मुकुन्द आचार्यले जानकारी दिए।

 अदालतभित्रै टिभीको डिस्प्लेमार्फत पेसी र सूचना दिने व्यवस्था गरिएको छ । अदालतको वेबसाइट अद्यावधिक गर्ने, पक्षले पायकपर्ने अदालतबाट तारिख लिन पाउने, एसएमएसबाट मुद्दाको जानकारी पाउने, फैसला निःशुल्क पाउनेजस्ता सेवा दिन थाल्नाका साथै सेवामा सुधार गरिएकाले मुद्दा फछ्र्यौटमा पनि प्रगति देखिएको हो । रजिष्ट्रार आचार्यका अनुसार चालु आर्थिक वर्षमा लक्ष्यभन्दा बढी एक सय ४५ प्रतिशत मुद्दा फछ्र्यौट भएको छ । 

चालु आव  सुरु हुनुअघि अघिल्लो वर्षका एक सय ६१ मुद्दाको जिम्मेवारी सरेर आएकामा चालु वर्ष तीन सय ८३ मुद्दा दर्ता भई पाँच सय ४४ मुद्दा पुगेकामा तीमध्ये हालसम्म दुई सय ३९ मुद्दा फछर्यौट भएको र एक सय २५ थान बाँकी रहेका छन् । यो सङ्ख्या लक्ष्यभन्दा एक सय ४५ प्रतिशत बढी हो । 

मासिकरुपमा पनि फछर्यौटको सङ्ख्या राम्रो हुँदा तोकेभन्दा बढी मुद्दा फैसला भएको बताउँदै आचार्यले गत साउनमा २३ प्रतिशत मुद्दा फछ्र्यौट गर्ने लक्ष्य राखिएकामा ३३ प्रतिशत मुद्दा फैसला गरिएको थियो भने भदौमा ३८, असोजमा ५३, कात्तिकमा १०, मङ्सिरमा ६१ तथा पुसमा ५६ प्रतिशत मुद्दा फछर्यौट भएका थिए । 

अदालतले सोधपुछ र सहायता कक्ष राखेर अदालत आउने सेवाग्राहीलाई स्वयंसेवक र सहजकर्ताले नै सबै शाखामा पु¥याउने काम गर्नाका साथै सन्तुष्ट फारामसमेत भर्ने व्यवस्था मिलाएको छ । 

प्रकाशित मिति : ५ माघ २०८०, शुक्रबार  ५ : ०६ बजे

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि

विकास सहायता कम र असन्तुलित भयो, रूपान्तरण हुनुपर्छ : प्रधानमन्त्री ओली

सेभिया (स्पेन) – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा विकास सहायता

मनाङमा ‘यार्तुङ’ सुरु

मनाङ – ‘खेतीपातीको उत्पादन राम्रो होस्’ भन्ने कामनासहित हिमाली जिल्ला

‘विश्वले अब गर्मीको लहरसँग बाँच्न सिक्नुपर्नेछ’

एजेन्सी – संयुक्त राष्ट्रसंघ अन्तर्गतको मौसम तथा जलवायु विषयक निकायले

संविधानअनुसार परराष्ट्र नीति सञ्चालन गरिएको गृहमन्त्रीको दाबी

काठमाडौँ – गृहमन्त्री रमेश लेखकले नेपालको परराष्ट्र नीति र अन्तरराष्ट्रिय