अटोमेसन प्रणालीबाट पेसी तोक्दै उच्च अदालत « Khabarhub

अटोमेसन प्रणालीबाट पेसी तोक्दै उच्च अदालत


५ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

गलकोट– उच्च अदालत पोखरा बागलुङ इजलास प्रविधिमैत्री बन्दै गएको छ । आधुनिक प्रविधिका कारण फैसलामा हुने ढिलाइ अन्त्य हुनाका साथै नागरिकले तोकिएकै समयमा न्याय पाउन थालेका छन् ।

अदालत प्रविधिमैत्री बन्दै गएपछि मुद्दा फछ्र्यौट दरसमेत बढ्दै जाँदा अदालतमा एक वर्ष नाघेका मुद्दा न्यून छन् । सेवाग्राहीलाई सहज सेवा दिनका लागि कम्प्युटरमा अटोमेसन प्राणालीमार्फत पेसी तोक्न थालिएको उक्त इजलासका मुख्यन्यायाधीश मदन पोख्रेलले बताए। 

अदालतले टाइम कार्डको समेत व्यवस्था गरेको छ । मुद्दा दर्ता भएकै दिन मुद्दाको पेशी, आदेश र फैसला हुने समयको व्यवस्था गरेर सोहीअनुसार पेसी र तारेख दिने गरिएको उक्त अदालतका रजिष्टार मुकुन्द आचार्यले जानकारी दिए।

 अदालतभित्रै टिभीको डिस्प्लेमार्फत पेसी र सूचना दिने व्यवस्था गरिएको छ । अदालतको वेबसाइट अद्यावधिक गर्ने, पक्षले पायकपर्ने अदालतबाट तारिख लिन पाउने, एसएमएसबाट मुद्दाको जानकारी पाउने, फैसला निःशुल्क पाउनेजस्ता सेवा दिन थाल्नाका साथै सेवामा सुधार गरिएकाले मुद्दा फछ्र्यौटमा पनि प्रगति देखिएको हो । रजिष्ट्रार आचार्यका अनुसार चालु आर्थिक वर्षमा लक्ष्यभन्दा बढी एक सय ४५ प्रतिशत मुद्दा फछ्र्यौट भएको छ । 

चालु आव  सुरु हुनुअघि अघिल्लो वर्षका एक सय ६१ मुद्दाको जिम्मेवारी सरेर आएकामा चालु वर्ष तीन सय ८३ मुद्दा दर्ता भई पाँच सय ४४ मुद्दा पुगेकामा तीमध्ये हालसम्म दुई सय ३९ मुद्दा फछर्यौट भएको र एक सय २५ थान बाँकी रहेका छन् । यो सङ्ख्या लक्ष्यभन्दा एक सय ४५ प्रतिशत बढी हो । 

मासिकरुपमा पनि फछर्यौटको सङ्ख्या राम्रो हुँदा तोकेभन्दा बढी मुद्दा फैसला भएको बताउँदै आचार्यले गत साउनमा २३ प्रतिशत मुद्दा फछ्र्यौट गर्ने लक्ष्य राखिएकामा ३३ प्रतिशत मुद्दा फैसला गरिएको थियो भने भदौमा ३८, असोजमा ५३, कात्तिकमा १०, मङ्सिरमा ६१ तथा पुसमा ५६ प्रतिशत मुद्दा फछर्यौट भएका थिए । 

अदालतले सोधपुछ र सहायता कक्ष राखेर अदालत आउने सेवाग्राहीलाई स्वयंसेवक र सहजकर्ताले नै सबै शाखामा पु¥याउने काम गर्नाका साथै सन्तुष्ट फारामसमेत भर्ने व्यवस्था मिलाएको छ । 

प्रकाशित मिति : ५ माघ २०८०, शुक्रबार  ५ : ०६ बजे

टिपरको ठक्करबाट एक जनाको मृत्यु

पर्सा– टिपरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

परराष्ट्रमन्त्रीसँग दक्षिण कोरियाका विदेशमन्त्रीको भेट, भोटेकोशी बाढीबारे छलफल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल र दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युनबीच

काठमाडौंमा आयो ८७ हजार ग्यास सिलिन्डर, सार्वजनिक बिदामा ‘रिफिलिङ’ र ढुवानी नियमित गरिने

काठमाडौं– पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि पछिल्ला तीन दिनमा

सरकारको देखाउन गृहमन्त्रीले पनि लिए एआई फोटोको सहारा

काठमाडौं- सरकारको कामको प्रचार गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका नेता-कार्यकर्ता सामाजिक

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं– भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका बाबजुद सम्पूर्ण