म्यान्माका करिब ३०० सैनिक भारतमा « Khabarhub

म्यान्माका करिब ३०० सैनिक भारतमा


५ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


339
Shares
  • change font
  • change font
  • change font

काठमाडौंम्यान्माको सेनाप्रति वफादार जुन्टा सरकारसँग लडिरहेका सशस्त्र विद्रोहीको आक्रमणबाट भाग्न करिब ३०० सैनिक सीमा पार गरी भारत प्रवेश गरेको भारतीय अर्धसैनिक बलका अधिकारीले बताएका छन्। 

गत नोभेम्बरमा अराकान आर्मी (एए) ले सुरक्षा फौजमाथि आक्रमण गरेपछि म्यान्माको भारतीय सीमा नजिकको केही भागमा तनाव बढेको थियो । 

यसै हप्ता उक्त समूहले भारतको मिजोरम राज्यको सिमानामा रहेको प्रमुख शहर पालेतवा र छवटा सैन्य अखडा कब्जा गरेको बताएको थियो ।

आसाम राइफल्स अर्धसैनिक बलका एक अधिकारीले भने, ‘हतियार र गोलाबारुदसहित कूल २७६ सैनिक बोन्डुकबाङ्सोरा गाउँमा आइपुगेका छन् ।’

‘हामीले उनीहरूलाई हाम्रो क्याम्पमा आश्रय दिएका छौं”, उनले भने, “आउने सैनिकलाई आवश्यक पर्ने सबै सहयोग दिइएको छ ।’

अधिकारीका अनुसार भारतीय सेनाको युनिटले ती सैनिकबाट बायोमेट्रिक डाटा संकलन गरिरहेको छ र उनीहरूलाई म्यान्मा फिर्ता गर्न नयाँ दिल्लीस्थित रक्षा मन्त्रालयसँग अनुमति मागेको छ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार गत नोभेम्बरमा युद्धविराम अन्त्य भएयता म्यानमाका अन्य सयौँ सैनिक युद्धबाट बच्न भारततर्फ भागेका छन् ।

द्वन्द्वबाट पछि हटेका सैनिकलाई लिन र स्वदेश फर्काउन म्यानमारका दुई सैनिक विमान मिजोरमको राजधानी आइजोल आइपुगेका छन् ।

गत अक्टोबरमा एए र अन्य दुई जातीय अल्पसङ्ख्यक सशस्त्र समूहको गठबन्धनले म्यान्माको उत्तरी शान राज्यमा संयुक्त आक्रमण गर्दै शहरहरू कब्जा गरेको थियो र चीनको सीमामा रहेका महत्वपूर्ण व्यापारिक केन्द्रहरू कब्जा गरेको थियो ।

गत हप्ता गठबन्धनले शान राज्यमा चीनको मध्यस्थतामा युद्धविरामको घोषणा गरेको छ । तर, यो सम्झौता भारतीय सीमा नजिकका क्षेत्रहरूमा लागू नहुने बताइएको छ । ती क्षेत्रमा यो साता पनि सेना र विद्रोहीहरूबीच लडाइँ चलिरहेको छ ।

प्रकाशित मिति : ५ माघ २०८०, शुक्रबार  ५ : २१ बजे

पाकिस्तान एसिया कपको च्याम्पियन बन्दा भारतको १९१ रनको लज्जास्पद हार

काठमाडौं – यु-१९ एसिया कप क्रिकेटको उपाधि पाकिस्तानले जितेको छ।

सुदन र मिराजलाई रक्षा बमको चेतावनी : चुरा लगाएका हातलाई कमजोर ठान्ने भूल नगर्नुहोस्

काठमाडौं – जेन-जी अभियान्ता रक्षा बमले अर्का भगौडा जेन-जी मिराज

निर्वाचन ७३ दिन बाँकीः कस्तो छ समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत ?

काठमाडौं – राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस ७ गते सोमबार तदनुसार