कांग्रेसको पछि नलागे माओवादीले राष्ट्रिय पार्टी बन्न होडबाजी गर्नुपर्छ : नेता पोखरेल « Khabarhub

कांग्रेसको पछि नलागे माओवादीले राष्ट्रिय पार्टी बन्न होडबाजी गर्नुपर्छ : नेता पोखरेल


५ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले कांग्रेसको पछि नलाग्ने हो भने माओवादीलाई राष्ट्रिय पार्टी बन्न होडबाजी गर्नुपर्ने अवस्था रहेको बताएका छन् । 

शुक्रबार पार्टी कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा महासचिव पोखरेलले अहिले माओवादी आन्दोलन ओरालो लागेको भन्दै कांग्रेससँगै हिँड्न तयार नभए राष्ट्रिय पार्टी बन्न माओवादीलाई होडबाजी गर्नुपर्ने अवस्था रहेको बताए ।

उनले माओवादी नेतृत्वको सरकारले राष्ट्रिय चूनौतिलाई सामना गर्न नसकेको भन्दै शसक्त रुपमा जनताका बिचमा जानुपर्ने अवस्था देखिएको धारणा राखे । उनले प्रधानमन्त्रीले नै छिमेकीहरूका लागि कम्र्फटेवल हुने बताइरहेको भन्दै राष्ट्रिय हितका प्रश्नमा लम्पसारवादी नीतिलाई अवलम्बन गर्ने काम सत्तापक्षबाट भइरहेको तर्क गरे ।

उनले  एमालेको सरकारलाई षड्यन्त्रपूर्ण ढंगले हटाएपछि मुलुकको विकास र समृद्धिको काम ठप्प भएको बताए ।

प्रकाशित मिति : ५ माघ २०८०, शुक्रबार  ६ : ३६ बजे

आइतबारदेखि वर्षा पश्चिमतिर विस्तार हुने

काठमाडौं – पछिल्लो तीन दिनदेखि नेपालको गण्डकीदेखि कोशीसम्म वर्षा भइरहेकामा

हाँडेभिर–बगरफाँट–भकिम्ली सडक स्तरोन्नति गरिँदै

म्याग्दी – ट्र्याक खुलेको १८ वर्षपछि हाँडेभिर–बगरफाँट–दुधेखोला हुँदै भकिम्ली जोड्ने

गोरखा दुर्घटना अपडेट : ज्यान गुमाउने सातै जना भारतीय नागरिक

गोरखा – मनकामना मन्दिर दर्शन गरेर फर्कँदै गरेका तीर्थयात्री चढेको

अमेरिकी सेनाका उच्च अधिकारी जनरल भोवेल आइतबार काठमाडौं आउँदै

काठमाडौं – अमेरिकी सेना प्रशान्त (युएसएआरपीएसी) का उप–कमाण्डिङ जनरल जोएल

इरानद्वारा युएईको विशाल तेलभण्डार केन्द्रमा आक्रमण

दुबई – इरानले संयुक्त अरब इमिरेट्स (यूएई)को फुजाइरा बन्दरगाहमा शनिबार