चलचित्र ‘एक्टर’ बाट अभियनमा फर्कदै राजबल्लभ « Khabarhub

चलचित्र ‘एक्टर’ बाट अभियनमा फर्कदै राजबल्लभ


५ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


663
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- साढे ६ वर्षपछि नायक राजबल्लभ कोइराला फिल्ममा फर्कने भएका छन् । नायक प्रदीप खड्काको मुख्य भूमिका रहने भनिएको फिल्म ‘एक्टर’ बाट उनी अभिनयमा फर्कन लागेका हुन् ।

कोइरालाले सोमबार फिल्मको पोस्टर सार्वजनिक गर्दै समर्थकहरुलाई अभिनयमा फर्कने जानकारी दिएका हुन् । उनले भनेका छन्, ‘एक्टर चलचित्रलाई लिएर उत्साहित छु ।’

यसअघि नै एक्टरमा प्रदीप खड्का र नायिका आना शर्मा अनुबन्ध भइसकेका छन् । अदृत फिल्म्सको ब्यानरमा बन्न लागेको यस फिल्ममा थमन कुमार भण्डारीको लगानी रहेको छ ।

राजन भुषालको निर्देशन रहने यो फिल्मको टोली छायांकनमा निस्कन केही समय लाग्ने बुझिएको छ ।

फिल्मको प्रमुख भूमिकामा रहेका प्रदीपको तालिका निकै व्यस्त छ । ‘पुजार सर्की’ को छायांकनमा निस्कन ठिक्क परेको उनले ‘ऐरी’ पछि मात्रै ‘एक्टर’ का लागि समय छुट्याइएको बुझिएको छ ।

सन् २००७ मा प्रदर्शनमा आएको सुपरहिट फिल्म ‘पर्खी बसेँ’ बाट सिनेमा क्षेत्रमा प्रवेश गरेका कोइराला करिब दुई दर्जन फिल्ममा अभिनय गरेर अमेरिका भासिएका थिए ।

प्रकाशित मिति : ५ माघ २०८०, शुक्रबार  ७ : ४५ बजे

रुससँगको सुरक्षा चिन्ता र बढ्दो महँगीबीच लात्भियामा संसदीय निर्वाचन

रिगा- छिमेकी रुसबाट उत्पन्न सुरक्षा चुनौती र बढ्दो जीवनयापन खर्चका

विद्युत सेवा चुस्त बनाउन प्राधिकरणका कर्मचारीलाई मन्त्री श्रेष्ठको निर्देशन

हेटौँडा – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युत

जुम्लाको स्याउको प्रचार गरेकोमा रविलाई धन्यवाद, आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको अपिल

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठकमा जुम्लाको स्याउ

प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल

ललितपुर- राष्ट्रपति रामचन्द्र पौडेलले प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको

युक्रेनलाई इयूको २.९ अर्ब युरो आर्थिक सहयोग

किएभ- युक्रेनले आर्थिक स्थायित्व कायम गर्न तथा सुधार कार्यक्रम अघि बढाउन