पर्याप्त लगानी नहुँदा कृषिमा फड्को मार्न सकिएन : मन्त्री भुसाल | Khabarhub Khabarhub

पर्याप्त लगानी नहुँदा कृषिमा फड्को मार्न सकिएन : मन्त्री भुसाल


५ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

सर्लाही– कृषि तथा पशुपक्षी विकासमन्त्री डा बेदुराम भुसालले कृषि क्षेत्रमा न्यून लगानी भएको बताएका छन् । आज यहाँ आयोजित दोस्रो डेरी, कृषि अनुसन्धान, उत्पादन तथा कृषि औजार प्रदर्शनी मेलाका अवसरमा  कृषिको क्षेत्रमा तीन प्रतिशतमात्रै बजेट बिनियोजन भएकाले र त्यो पर्याप्त नभएको बताए। उनले कृषिमा सिँचाइ, मलखाद, बीउबिजनलगायत प्राविधियुक्त कृषिलाई अगाडि बढाउनु आवश्यक रहेको धारणा राखे । 

मन्त्री भुसालले कुल २० लाख ९१ हजार हेक्टर क्षेत्रफलमध्ये करिब १७ प्रतिशत भूमिमा मात्रै सिँचाइ सुविधा पुगेको बताए। उहाँले चुरे संरक्षण, प्राङ्गारिक मलको प्रयोगले मात्रै उत्पादनलाई बढावा दिन सकिने र त्यसको उचित बजार व्यवस्थापन गर्न जरुरी रहेको बताए । प्रविधिको विकाससँगै कृषि प्रविधिमा परिवर्तन आउन आवश्यक रहेको उनको भनाइ थियो । 

उनले कृषिजन्य उत्पादन र कृषिमा सुधारात्मक परिवर्तन ल्याउन प्रविधि, उद्योग, मल बीउ, सिँचाइलगायत व्यवस्थापनका साथै बजारको उचित व्यवस्था गर्न आवश्यक रहेको र बजारको मागअनुसार कृषिजन्य वस्तुको उत्पादन गर्दा कृषि क्षेत्रमार्फत नै फड्को मार्न सकिने बताए ।

प्रकाशित मिति : ५ माघ २०८०, शुक्रबार  ७ : ५६ बजे

गृहमन्त्री लेखकद्वारा विपद् सङ्कटग्रस्त क्षेत्रका जनप्रतिनिधि र प्रमुख जिल्ला अधिकारीसँग छलफल

काठमाडौं– गृहमन्त्री रमेश लेखकले विपद् सङ्कटग्रस्त क्षेत्र घोषित तराई–मधेशका स्थानीय

‘समृद्ध तनहुँ बनाउन सबैबीच हातेमालो आवश्यक छ’

दमौली– सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले समृद्ध तनहुँ

मधेश सङ्‍कट बारे गृहमन्त्री : वैकल्पिक स्रोतहरुको पहिचान गरी वैज्ञानिक वितरणको व्यवस्था मिलाइने

काठमाडौं – गृहमन्त्री रमेश लेखकले मधेशका प्रमुख जिल्ला अधिकारीहरुलाई पानीको

प्रेमी पर्खेको ‘रानीसैन’

धनगढी- प्रकृति पनि रानी जस्तै हुन्छ त ? अनि रानी