नवनिर्वाचित ताइवानी राष्ट्रपतिलाई फिलिपिनी राष्ट्रपतिले दिए बधाई, चीन ‘असन्तुष्ट’ « Khabarhub

नवनिर्वाचित ताइवानी राष्ट्रपतिलाई फिलिपिनी राष्ट्रपतिले दिए बधाई, चीन ‘असन्तुष्ट’


५ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

बेइजिङ- ताइवानमा सम्पन्न निर्वाचनका विजयी उम्मेदवारलाई फिलिपिन्सले बधाई दिएसँगै चीनले फिलिपिनी राजदूतलाई बोलाएको छ । अल जजीराका अनुसार ताइवानमा सम्पन्न निर्वाचनमा राष्ट्रपति पदमा विजयी भएसँगै फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरले लाई चिङ तेलाई बधाइ दिएका थिए ।

यससँगै क्रुद्ध बनेको चीनले फिलिपिन्सका राजदूतलाई डाकेको हो । चीनले फिलिपिन्सलाई ‘आगोसँग नखेल्न’ चेतावनी समेत दिएको छ ।

पछिल्ला दिनहरुमा दक्षिण चीन सागरको विवादित जलक्षेत्रमा दुई मुलुकबीच तनाव बढिरहेका बेला फिलिपिनी राष्ट्रपतिले नवनिर्वाचित ताइवानी राष्ट्रपतिलाई बधाइ दिएका हुन् ।

चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले मार्कोसको भनाइप्रति आपत्ति जनाउँदै असन्तुष्टि व्यक्त गरेकी छिन् । यता फिलिपिनी विदेश मन्त्रालयले भने ताइवान र फिलिपिन्सबीच रहेको साझा हिततर्फ लक्षित रहेको स्पष्ट पारेको छ ।

प्रकाशित मिति : ५ माघ २०८०, शुक्रबार  १ : २७ बजे

कोशीमा हिक्मतको विकल्प तिलकुमार

काठमाडौँ – नेकपा एमालेले कोशी प्रदेशको मुख्यमन्त्रीका लागि हिमतकुमार कार्कीको

‘एक पटकको नेपाली, सधैँको नेपाली हौँ’: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले “एक पटकको नेपाली, सधैँको

काभा च्याम्पियनसिप : आज नेपाल र बंगलादेश खेल्ने

काठमाडौँ– पाकिस्तानको इस्लामावादमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) च्यम्पियनसिपमा

भानुभक्तको सालिक तोडफोड गरेको आरोपमा एक व्यक्ति पक्राउ

काठमाडौँ– लमजुङमा भानुभक्त आचार्यको सालिक तोडफोड गर्ने एक व्यक्तिलाई प्रहरीले

विश्वकप लिग-२ : तेस्रो खेलमा सोमबार नामिबियासँग भिड्दै नेपाल

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक