सत्ता गठबन्धनका उम्मेदवारलाई विजयी गराउन आह्वान « Khabarhub

सत्ता गठबन्धनका उम्मेदवारलाई विजयी गराउन आह्वान


५ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा सत्ता गठबन्धन दलका उम्मेद‍्वार विजयी गराउन सत्ता गठबन्धन दल सुदूरपश्चिम प्रदेश सभा सदस्यहरूको राष्ट्रिय सभाका उम्मेदवारहरूसंग परिचयात्मक तथा चियापान कार्यक्रमको आयोजना गरिएको छ।

राष्ट्रिय सभा सदस्यका उम्मेद‍्वार विजयी गर्न गठित सुदूरपश्चिम प्रदेश समन्वय समितिका संयोजक मेघराज खडकाको संयोजकत्वमा आज नेपाली कांग्रेस सुदूरपश्चिम संसदीय दलको कार्यालयमा चियापान, भेटघाट तथा परिचयात्मक कार्यक्रम आयोजना गरिएको नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमिति सदस्य एवं प्रवक्तासमेत रहेका सुरत रावत डोटेली कान्छाले बताए।

नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलको कार्यालयमा सुदूरपश्चिम प्रदेश सभा सदस्यहरूलाई सत्ता गठबन्धन दलका तर्फबाट राष्ट्रिय सभा सदस्यमा साझा उम्मेद‍्वार बनेका नेपाली कांग्रेसका बलदेव बोहरा, नेकपा माओवादी केन्द्रकी रेणु चन्द, नेपाली कांग्रेसका नारायण दत्त भट्टले आ–आफ्नो परिचयसहित राष्ट्रिय सभामा निर्वाचित गराइदिन अपील गरेका थिए।

कार्यक्रममा नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका नेतासमेत रहेका सुदूरपश्चिम प्रदेश सरकारका मुख्य मन्त्री कमल बहादुर शाह, नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता पूर्वमन्त्री खगराज भट्ट, नेकपा समाजवादी सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता पूर्वमन्त्री दीर्घ सोडारी, नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता घनश्याम चौधरीलगायतले सत्ता गठबन्धनका साझा उम्मेद‍्वारलाई विजयी गराउन एकढिक्का भएर लाग्न आग्रह गरेका थिए।

स्थानीय तहका प्रमुख, उपप्रमुखसँग समन्वय गरी सबैले आ(आफ्नो परिचय खुल्ने प्रमाणपत्रसहित मतदान गर्ने दिन भन्दा एक दिन अगावै धनगढी आइपुग्न सबै जिल्लामा सर्कुलर गरी इमानदार भएर लाग्न उनीहरूको आग्रह थियो।

सो कार्यक्रम राष्ट्रिय सभा सदस्यका उम्मेद‍्वार विजयी गराउन गठित सुदूरपश्चिम प्रदेश समन्वय समितिका संयोजक खडकाको संयोजकत्वमा भएको थियो भने समन्वय समितिका सदस्यहरू नेकपा माओवादी केन्द्रका जनक बहादुर बुढा, नागरिक उन्मुक्ति पार्टीका घनश्याम चौधरीलगायतको उपस्थिति रहेको थियो।

प्रकाशित मिति : ५ माघ २०८०, शुक्रबार  ८ : ३५ बजे

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको