प्रतिफल आउने गरी लगानी गरौँ : मुख्यमन्त्री चौधरी « Khabarhub

प्रतिफल आउने गरी लगानी गरौँ : मुख्यमन्त्री चौधरी


५ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

दाङ – लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले कुनै पनि क्षेत्रमा लगानी गर्दा प्रतिफल आउनेगरी काम गर्न निर्देशन दिएका छन्।

प्रदेश योजना आयोगको आयोजनामा आज देउखुरीमा भएको परामर्श कार्यशालामा मुख्यमन्त्री चौधरीले अब सरकारले लगानीमात्रै गर्ने नभई त्यो लगानीबाट आउने प्रतिफल र आर्थिक समृद्धिको पक्षलाई ख्याल गर्ने बताए ।

“हामी बाटो बनाउँछौँ, तर बाटोबाट स्थानीय र सरकारले पाउने प्रतिफल खोज्दैनौँ, अब त्यो खोजौँ”, उनले भने, “स्रोत परिचालन भयो भने त्यसका उपलब्धि देखिनुपर्छ, त्यसअनुसारको आयोगले नीति बनाउनुपर्छ ।”

मुख्यमन्त्री चौधरीले प्रदेश सरकार प्रत्येक घरमा कम्तीमा ३०–४० हजार आम्दानी हुने रोजगारी सिर्जना होस् भन्ने लक्ष्यमा रहेको बताए । “आर्थिक विकासका लागि हामीले त्यो कमाउन सक्ने बनाउनुपर्छ । लगानीकर्ताले दिएको प्रतिवेदन पनि राज्य संयन्त्रले अध्ययन गरेर सुधार गर्न सक्ने हुनुपर्छ, त्यो उपयोगी र काम लाग्ने हुनुपर्छ”, उनले भने ।

सो अवसरमा मुख्यमन्त्री चौधरी, योजना आयोगका उपाध्यक्ष डा नहकुल केसी, प्रदेश सरकारका मन्त्री, सचिव, विज्ञ सदस्य थिए । योजना आयोगका उपाध्यक्ष डा केसीले प्रदेशलाई समृद्ध प्रदेश बनाउन योजना आयोगले नीतिगत सुधारको प्रयास गरिरहेको बताए ।

प्रकाशित मिति : ५ माघ २०८०, शुक्रबार  ८ : ४७ बजे

वस्तु खरिद-बिक्रीमा अनिवार्य बिल लिन-दिन सरकारको ताकेता

काठमाडौँ – आन्तरिक राजस्व विभागले वस्तु तथा सेवाको खरिद–बिक्री गर्दा

आजको मौसम पूर्वानुमान : कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा

काठमाडौँ – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

‘बजारमा ग्यासको हाहाकार : सरकार भन्छ, ‘आपूर्ति सहज छ’

काठमाडौँ – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा खाना पकाउने

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल साउन २० गते बुधबार सन् २०२६