टाइगर कप भलिबल : गण्डकी र हेल्प नेपाल फाइनलमा | Khabarhub Khabarhub

टाइगर कप भलिबल : गण्डकी र हेल्प नेपाल फाइनलमा


५ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


561
Shares
  • change font
  • change font
  • change font

कास्की – गत वर्षको विजेता गण्डकी प्रदेश र हेल्प नेपाल स्पोर्टस् क्लब काठमाडौँ पोखरामा जारी चौथो संस्करणको ‘टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित महिला तथा पुरुष क्लब च्याम्पियनसिप भलिबल’ प्रतियोगिताको पुरुषतर्फको फाइनलमा प्रवेश गरेका छन् ।

पोखरा रङ्गशालामा आज सम्पन्न सेमिफाइनलको पहिलो पाहुना टोली श्रीलङ्का आर्मी टिमलाई पराजित गरी हेल्प नेपालले फाइनलमा स्थान बनाएको हो । घरेलु टोली गण्डकीले भने सशस्त्र प्रहरीको नेपाल एपिएफ क्लबलाई हराउँदै फाइनल भिडन्तमा हेल्प नेपालसँगको भेट पक्का गरेको हो ।

गण्डकीले घरेलु मैदान र समर्थकको राम्रो साथ पायो । दर्शकको साथले उत्साहित गण्डकीले एपिएफलाई सोझो सेटमा नै पराजित गर्न सफल भयो । गण्डकीले २५–१७, २५–२० र २५–२२ मा एफिएपलाई निरास पारेको हो ।

पहिलो सेमिफाइनलमा पाहुना टोली श्रीलङ्काको आर्मी टिमलाई हेल्प नेपालले ३–१ को सेटमा हराउन सफल भयो । खेलमा श्रीलङ्काले पहिलो सेट २५–१८ मा लिए पनि हेल्प नेपालको उत्कृष्ट पुनरागमन गर्न सफल भयो । त्यसपछिका तीन सेट लगातार २५–१४, २५–१८ र २६–२४ मा आफ्नो पक्षमा पार्दै उपाधि नजिक पुग्न सफल भयो ।

महिलातर्फ तेस्रो स्थानका लागि भएको खेलमा आर्मीले पुलिसलाई २५–१७, १८–२५, २५–२० र २५–१९ मा पराजित गर्न सफल भयो । प्रतियोगितमा तृतीय भएको आर्मीले नगद रु एक लाख २५ हजार पाँच सय ५५ पुरस्कार प्राप्त गरेको छ । महिला तथा पुरुष दुवैको फाइनल खेल शनिबार हुनेछ । महिलातर्फ डिफेन्डिङ च्याम्पियन सशस्त्र प्रहरीको एपिएफ क्लब र चन्द्रागिरि न्यूडायमण्डले उपाधिका लागि खेल्नेछन् ।

भोलि नै पुरुषतर्फको तृतीय स्थानका लागि श्रीलङ्का आर्मी र एपिएफ क्लब खेल्ने प्रतियोगिता संयोजक दीपक कार्कीले बताए । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा यही माघ १ गतेदेखि प्रतियोगिता सञ्चालन भएको हो ।

प्रतियोगितामा महिला तथा पुरुषतर्फ उपाधि विजेता टोलीले नगद रु पाँच लाख ५५ हजार पाँच सय ५५ र उपविजेता टिमले समान नगद रु दुई लाख ५५ हजार पाँच सय ५५ पुरस्कार प्राप्त गर्ने टाइगर ग्रुपका अध्यक्ष नारायण शर्माले जानकारी दिए ।

यसैगरी तृतीय हुने टोलीले रु एक लाख २५ हजार पाँच सय ५५ प्राप्त गर्नेछन् । उत्कृष्ट महिला तथा पुरुष खेलाडीले जनही नगद रु २५ हजारका दरले पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितामा महिला तथा पुरुष दुवैतर्फ छ/छ टोलीले सहभागिता जनाएका थिए ।

विसं २०७७ देखि सञ्चालन भएको प्रतियोगितामा यसअघि पहिलो संस्करणमा महिलातर्फ नेपाल पुलिस क्लब र दोस्रो र तेस्रोमा लगातार नेपाल एपिएफ क्लबले उपाधि जितेको छ । यसैगरी पुरुषतर्फ पहिलोमा गण्डकी प्रदेश, दोस्रोमा त्रिभुवन आर्मी र तेस्रो संस्करण घरेलु टोली गण्डकी च्याम्पियन बनेको थियो ।

प्रकाशित मिति : ५ माघ २०८०, शुक्रबार  ९ : १९ बजे

गाउँमा डढेलो सल्किँदा १० घर जलेर नष्ट, दर्जनौँ पशुचौपाया हताहत

सल्लेरी– हिमाली जिल्ला सोलुखुम्बुमा जंगलको डढेलो गाउँमा सल्किँदा १० घर

इलाम परिणामको सन्देश– ‘बोल्न नजान्ने देउवा दबाबमा, ओलीको फूर्तिफार्ती’

विशेषतः इलाममा उपनिर्वाचन हुँदै गर्दा तत्कालीन संविधानसभाका अध्यक्ष एवम् एमाले

नेपाललाई तेस्रो सफलता, भुर्तेलले लिए विकेट

काठमाडौं– नेपालले वेस्ट इन्डिज ए को तेस्रो विकेट लिएको छ

बुवाँखोलाको पानी जन्तेढुङ्गामा निकालिने

खोटाङ– जन्तेढुङ्गा गाउँपालिकामा बुवाँखोलाको पानी लिफ्टिङ गरेर बस्तीमा निकाल्ने आयोजनाको

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर

काठमाडौं–  काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै पहिलो प्रदूषित