सुझाव सङ्कलनपछि मात्रै भूकम्प पुनःनिर्माणको ढाँचा तय हुने | Khabarhub Khabarhub

सुझाव सङ्कलनपछि मात्रै भूकम्प पुनःनिर्माणको ढाँचा तय हुने


५ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भूकम्प प्रभावितको अवस्था अध्ययन तथा सुझाव सङ्कलनपछि मात्रै भूकम्प प्रभावित क्षेत्रमा पुनःनिर्माणको ढाँचा तयार पार्ने बताएको छ ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले स्थलगत अध्ययन र सुझावका आधारमा पुनःनिर्माण अघि बढाइने र त्यसका लागि अहिले स्थलगत अनुगमन तथा सुझाव सङ्कलन थालिएको बताए । उनकै नेतृत्वमा भूकम्प प्रभावित क्षेत्रमा पुगेर टोलीले आजदेखि अनुगमन तथा अध्ययन गर्न लागेको हो । टोली कर्णाली प्रदेश पुगिसकेको छ । टोलीले भोलि रुकुम पश्चिम र पर्सी आइतबार जाजरकोटमा पुगेर अन्तरक्रिया गरी सुझाव लिने उनले बताए ।

“अहिले भूकम्पका लाभग्राहीको अस्थायी आवास निर्माण जारी छ, आवास निर्माण कुन गतिमा भइरहेको छ, के समस्या आइप¥यो र समाधान कसरी गर्न सकिन्छ भन्ने पहिलो विषय अध्ययनको रहेको छ”, कार्यकारी प्रमुख पोखरेलले भने, “त्यसपछि दोस्रो चरणमा हुने पुनःनिर्माणलाई कुन ढाँचाबाट कसरी सञ्चालन गर्ने भन्ने विषयमा पनि सुझाव सङ्कलन गरिने छ ।”

उनले दुवै जिल्लाका प्रभावित क्षेत्र पुगेर अन्तरक्रिया गरिसकेपछि अर्को दिन सुर्खेतमा आएर प्रदेशस्तरीय छलफल गरी एउटा निचोडमा पुगिने पनि बताए । टोलीले पश्चिम क्षेत्रकै मुख्य नाका नेपालगञ्ज भएकाले विपद् आइपर्दा बाँकेले खेल्नुपर्ने भूमिका तथा आवश्यक विपद् व्यवस्थापन, सामग्री भण्डारणलगायतको तयारीका विषयमा पनि छलफल गरिने जानकारी दिए।

अनुगमन तथा सुझाव सङ्कलन टोलीमा सहभागी प्राधिकरणका निजी आवास तथा पुनःनिर्माण शाखाका प्रमुख प्रकाशचन्द्र अधिकारीले मुख्यगरी फिल्डमा कस्ता काम भइरहेका छन् र गुनासाहरु के छन् भनेर जानकारी लिनका लागि टोली खटिएको बताए ।

प्राधिकरणबाट प्राप्त विवरणअनुसार अहिलेसम्म जाजरकोट भूकम्पका लाभग्राही ७९ हजार नाघेका छन् । अहिलेसम्म २४ हजार अस्थायी आवास निर्माण सम्पन्न भइसकेको छ । ५० हजार परिवारसँग अनुदान सम्झौता भइसकेको र १० हजार घर निर्माणाधीन छन् ।

यो पनि…

भूकम्प र क्षतविक्षत मन : अझै चेतेन काठमाडौँले

 

प्रकाशित मिति : ५ माघ २०८०, शुक्रबार  ९ : ३० बजे

अन्तिम २ मिनेटमा झिनो अंकले बढेर बन्द भयो नेप्से, कारोबार ४ अर्बभन्दा माथि

काठमाडौं–बिहीबार नेपाल स्टक एक्चेञ्ज (नेप्से) अन्तिम २ मिनेटमा झिनो अंकले

मन्त्रिपरिषद् : फिन्ल्यान्डको १३ मिलियन युरो स्वीकार, दुई सहसचिवको सचिवमा बढुवा

काठमाडौं- मन्त्रिपरिषद्को बिहीबार दिउँसो बसेको बैठकले फिनल्याण्ड सरकारबाट प्राप्त १३

मदन-आश्रितलाई सम्झिँदै ओलीले भने : दासढुंगा घटना प्रकरण निक्कै रहस्यपूर्ण थियो

काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश निर्माणको काममा अब

अवैध लागूऔषधसहित चार जना पक्राउ

काठमाडौं– सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-६ ढलान रोडबाट अवैध लागूऔषध खैरो

लिङ्देनको सुझाव : संसद् खोल्न समिति बनाऊँ, गृहमन्त्रीको राजीनामा पछिको कुरा हो

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवम् प्रतिनिधि सभा सदस्य राजेन्द्र