न्याय मर्न नदिने गरी काम गर्नुपर्छ : न्यायाधीश प्रधान | Khabarhub Khabarhub

न्याय मर्न नदिने गरी काम गर्नुपर्छ : न्यायाधीश प्रधान


५ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्लले बेञ्च र बारबीच समन्वय गरी न्याय मर्न नदिने गरी काम गर्नुपर्नेमा जोड दिएका छन् ।

उच्च अदालत बार एशोसिएशन पाटनको २७औँ वार्षिक साधारणसभामा आज न्यायाधीश प्रधानले कुनै विषयमा समस्या भए मिलेर समाधान गर्नुपर्ने तर न्याय मर्न नदिने गरी काम गर्नुपर्ने बताएका हुन् । उनले छिटो छरितो न्यायका लागि बारको समन्वय, सहयोग र समझदारीको भूमिका महत्वपूर्ण हुने र आगामी दिनमा पनि थप सहयोगको अपेक्षा रहेको बताए ।

नेपाल बार एसोसिएनका अध्यक्ष गोपालकृष्ण घिमिरेले कानुनविपरीत न्यायाधीश बढुवा गरिएको दाबी गर्दै सो विषयमा बारको गम्भीर ध्यानाकर्षण भएको बताए । उनले नेपालको न्यायालयको साख जोगाउन स्वतन्त्र र पारदर्शी ढङ्गले काम गर्नकै लागि बार जरुरी भएको बताए ।

पाटन उच्च अदालतका मुख्य न्यायाधीश नृपध्वज निरौलाले पुराना मुद्दाको पेसी स्थगन नगर्ने, बार र बेञ्चको सम्बन्ध सेवाग्राहीको हितमा हुनुपर्नेमा अदालतले ध्यान दिएको बताए । उनले फैसला लेखनलाई तीव्रता दिने र फैसला लेखनलाई दुई महिनाभित्रै सक्ने प्रत्यन्त भइरहेको जानकारी दिए ।

स्वतन्त्र, सक्षम, निष्पक्ष तथा विकृति र विसंगतिरहित न्यायपालिका, विधिको शासन, मानव अधिकारका विषयमा बारले निरन्तर खबरदारी गर्दै आएको भए पनि हालैका दिनमा यसको मर्मविपरीत काम भइरहेकाले स्वतन्त्र न्यायपालिकाको गरिमामा आँच पुग्न गएको बारको दाबी छ ।

बारले गत असोज १ गते जारी भएको न्याय परिषद् नियमावली, २०७४ ९पहिलो संशोधन, २०८० ले न्यायाधीशको वृति विकास र क्षमतामा प्रभाव पार्ने गरी न्यायाधीशहरुको रोलक्रममा फेरबदल हुने कार्य भएको दाबी गर्दै त्यसलाई खारेज गरी साविककै व्यवस्था कायम राख्न तथा संविधानको मर्मविपरीत नहुने गरी संशोधन गर्न न्याय परिषदसँग माग गरेको छ ।

बारले अदालतमा कारबाही चलिरहेको तथा अनुसन्धानका क्रममा रहेका मुद्दाका सम्बन्धमा अदालतबाट न्याय निरुपण नहुँदै मुद्दाको अनुसन्धान तथा सुनुवाइमा प्रतिकूल असर पर्ने गरी सञ्चारमाध्यम र सामाजिक सञ्जालमा टिकाटिप्पणी नगर्न आग्रह गरेको छ ।

प्रकाशित मिति : ५ माघ २०८०, शुक्रबार  ९ : ३८ बजे

तनहुँका दुई लाख ९० हजार पशुमा पूर्णखोप

तनहुँ – जिल्लाका करिब ४६ हजार बढी परिवारले पालेका पशुलाई

गृहमन्त्री लेखकद्वारा विपद् सङ्कटग्रस्त क्षेत्रका जनप्रतिनिधि र प्रमुख जिल्ला अधिकारीसँग छलफल

काठमाडौं– गृहमन्त्री रमेश लेखकले विपद् सङ्कटग्रस्त क्षेत्र घोषित तराई–मधेशका स्थानीय

‘समृद्ध तनहुँ बनाउन सबैबीच हातेमालो आवश्यक छ’

दमौली– सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले समृद्ध तनहुँ

मधेश सङ्‍कट बारे गृहमन्त्री : वैकल्पिक स्रोतहरुको पहिचान गरी वैज्ञानिक वितरणको व्यवस्था मिलाइने

काठमाडौं – गृहमन्त्री रमेश लेखकले मधेशका प्रमुख जिल्ला अधिकारीहरुलाई पानीको