चिनियाँ विश्वविद्यालयसँग आबद्ध शोधकर्ताविरुद्ध क्यानाडाले चाल्यो कडा कदम | Khabarhub Khabarhub

चिनियाँ विश्वविद्यालयसँग आबद्ध शोधकर्ताविरुद्ध क्यानाडाले चाल्यो कडा कदम


५ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

टोरन्टो- चिनियाँ विश्वविद्यालयसँग आबद्ध शोधकर्ताप्रति क्यानाडाले कडाइ गर्न थालेको छ । मुलुकको राष्ट्रिय सुरक्षाप्रति संवेदनशील विषयमा चिनियाँ विश्वविद्यालयमा शोध अनुसन्धान गर्ने शोधकर्ताविरुद्ध क्यानाडाले कडाइ गर्न थालेको हो ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार क्यानाडाका नवीन एवम् उदीयमान प्रविधिहरु चीनतर्फ विस्तार नहोस् भन्ने उद्देश्यले क्यानाडाले यस्तो कदम चालेको हो । क्यानाडाले जारी गरेको विश्वविद्यालयको सूचीमा अधिकांश चिनियाँ विश्वविद्यालयहरुको नाम भएपनि त्यसमा इरान र रुसका विश्वविद्यालयहरु पनि रहेको रोयटर्सले जनाएको छ ।

‘क्यानाडा नेतृत्वको शोध उत्कृष्ट एवम् सहकार्यमा आधारित हुने प्रकृतिका रहेका छन्, विदेशीहरुले आफ्नो प्रभाव बढाउन यसको खुलापनको फाइदा लिन सक्छन् ।’ क्यानाडाका प्रवर्तन, स्वास्थ्य एवम् जनसुरक्षा मन्त्रीहरुले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।

सन् २०२२ मा क्यानाडाले चीनका लागि जासुसी गरेको आरोपमा एक जना शोधकर्तालाई पक्राउ गरेको थियो ।

प्रकाशित मिति : ५ माघ २०८०, शुक्रबार  ४ : ०२ बजे

इलाममा मधेसवादीभन्दा राजावादी पछाडि !

काठमाडौं– देशमा राजावादी जनमत बढेको जबजरजस्त भाष्य निर्माण भइरहेको अवस्थामा

बझाङ अपडेट : एमाले १०३६३, कांग्रेस–१०३५४, अन्तर– ९

काठमाडौं– बझाङ प्रदेशसभा १ मा शनिबार भएको उपनिर्वाचनको मतगणना जारी

धनुषामा पुरुषको शव फेला 

काठमाडौं– धनुषाको नगराइन नगरपालिका-२ मा एक जना पुरुषको शव फेला

किरात धर्मगुरुको वडामा मुढालाई एकलौटी मत

इलाम- इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनअन्तर्गत अहिले माङ्सेबुङ गाउँपालिकाको

बाजुरामा रेबिजविरुद्धको खोप अभाव

बाजुरा– बाजुरामा सरकारले निःशुल्करुपमा उपलब्ध गराउँदै आएको रेबिजविरुद्धको खोप अभाव