चिनियाँ विश्वविद्यालयसँग आबद्ध शोधकर्ताविरुद्ध क्यानाडाले चाल्यो कडा कदम « Khabarhub

चिनियाँ विश्वविद्यालयसँग आबद्ध शोधकर्ताविरुद्ध क्यानाडाले चाल्यो कडा कदम


५ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

टोरन्टो- चिनियाँ विश्वविद्यालयसँग आबद्ध शोधकर्ताप्रति क्यानाडाले कडाइ गर्न थालेको छ । मुलुकको राष्ट्रिय सुरक्षाप्रति संवेदनशील विषयमा चिनियाँ विश्वविद्यालयमा शोध अनुसन्धान गर्ने शोधकर्ताविरुद्ध क्यानाडाले कडाइ गर्न थालेको हो ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार क्यानाडाका नवीन एवम् उदीयमान प्रविधिहरु चीनतर्फ विस्तार नहोस् भन्ने उद्देश्यले क्यानाडाले यस्तो कदम चालेको हो । क्यानाडाले जारी गरेको विश्वविद्यालयको सूचीमा अधिकांश चिनियाँ विश्वविद्यालयहरुको नाम भएपनि त्यसमा इरान र रुसका विश्वविद्यालयहरु पनि रहेको रोयटर्सले जनाएको छ ।

‘क्यानाडा नेतृत्वको शोध उत्कृष्ट एवम् सहकार्यमा आधारित हुने प्रकृतिका रहेका छन्, विदेशीहरुले आफ्नो प्रभाव बढाउन यसको खुलापनको फाइदा लिन सक्छन् ।’ क्यानाडाका प्रवर्तन, स्वास्थ्य एवम् जनसुरक्षा मन्त्रीहरुले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।

सन् २०२२ मा क्यानाडाले चीनका लागि जासुसी गरेको आरोपमा एक जना शोधकर्तालाई पक्राउ गरेको थियो ।

प्रकाशित मिति : ५ माघ २०८०, शुक्रबार  ४ : ०२ बजे

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु

यी हुन् कांग्रेस पदाधिकारीका प्रतिस्पर्धी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवशेनको मनोनयन दर्ता सकिएको छ

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि सार्वजनिक सवारीको रुट परमिट खुला

काठमाडौँ । दसैँको समयमा यात्रुको सहज आवागमनलाई व्यवस्थित बनाउन घटस्थापनादेखि

प्रभु बैंकका सीईओ सुमन शर्मालाई धरौटीमा छाड्न आदेश

काठमाडौँ । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुमन शर्मालाई