घानामा बाल मृत्यु दर घट्दै « Khabarhub

घानामा बाल मृत्यु दर घट्दै


५ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

आक्रा – घानामा बाल मृत्यु दरमा निरन्तर गिरावट आएको छ । घाना तथ्याङ्क सेवाले बिहीबार सन् २०२२ मा घाना जनसाङ्ख्यिकीय र स्वास्थ्य सर्वेक्षण सार्वजनिक गरेको छ । सो तथ्याङ्क प्रतिवेदनमा देशभरका नवीनतम सर्वेक्षणहरू समावेश गरिएका छन् ।

प्रतिवेदनले सन् २०१४ देखि २०२२ सम्ममा देशको ५ वर्षमुनिको बाल मृत्युदर ३३।३ प्रतिशतले घटेको उल्लेख गरेको छ । त्यसैगरी पहिलो जन्मोत्सव अघि नै मृत्यु हुने बालबालिकाको मृत्युदर सोही अवधिमा ३१.७ प्रतिशतले घटेको बताएको छ ।

जीएसएसका सरकारी तथ्याङ्कविद् स्यामुएल एनिमले प्रतिवेदनले सरकारको स्वास्थ्य क्षेत्रका कार्यक्रमहरूले थुप्रै पक्षमा सकारात्मक नतिजा ल्याउने सङ्केत गरेको बताएका छन्। राष्ट्रिय तथ्याङ्कहरू सामान्यतया उत्साहजनक रहेको उनको टिप्पणी छ ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) मा घाना, लाइबेरिया, गाम्बिया र सियरा लियोनका लागि बहु–देशीय असाइनमेन्ट अधिकृत शर्मिला लारीफले पछिल्लो प्रतिवेदन तयार पारेकामा जीएसएसको प्रशंसा गर्दै यसले अन्तरराष्ट्रिय डाटाबेसमा योगदान पुर्याबउने र डब्ल्युएचओले सबैको उपयोग गर्ने बताएका छन् ।

प्रकाशित मिति : ५ माघ २०८०, शुक्रबार  १० : २९ बजे

३९४ जना पर्यटक छैनन् सम्पर्कमा : पर्यटन विभाग

काठमाडौं– मानसरोवर र लाङटाङ क्षेत्रमा गएका ३९४ जना पर्यटक सम्पर्कविहीन

बाढीले चीनको केरूङतर्फ पनि ठूलो क्षति, दर्जनौँ मानिस बेपत्ता

काठमाडौं- रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट चीनतर्फ पनि ठूलो

भोटेकोशी बाढी : सेनाद्वारा २५ जनाको उद्धार, १४ हेलिकप्टर प्रभावित क्षेत्रमा परिचालन

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित २५ जनाको नेपाली

बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा

काठमाडौं– सरकारले बाढीबाट प्रभावित रसुवा नुवाकोट र धादिङका जिल्लाहरूलाई संकटग्रस्त

उद्धार, राहत र पुनर्स्थापनामा जुट्न गैरसरकारी संस्थालाई आग्रह

काठमाडौं– रसुवामा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा मानवीय