दुम्कीवास–त्रिवेणी सडकले विकासको ढोका खोल्नेछ : मुख्यमन्त्री पाण्डे « Khabarhub

दुम्कीवास–त्रिवेणी सडकले विकासको ढोका खोल्नेछ : मुख्यमन्त्री पाण्डे


५ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

नवलपरासी – गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दुम्कीवास–त्रिवेणी सडकखण्ड खुलेसँगै गण्डकी प्रदेशमा आर्थिक विकासको ढोका खोल्ने दाबी गरेका छन् ।

आज नवलपरासी–बर्दघाट सुस्तापूर्व०को विनयी त्रिवेणी गाउँपालिकाको वगुवन र त्रिवेणी क्षेत्रको स्थलगत भ्रमणपछि मुख्यमन्त्री पाण्डेले प्रदेश सरकार स्थापनादेखि नै मार्ग खोल्न प्रयास भए पनि अहिले प्रक्रिया अगाडि बढेको बताए ।

“दुम्कीवासबाट त्रिवेणी जोड्ने बाटो निर्माण प्रक्रिया सुरु गर्न आवश्यक समन्वय भइरहेको छ”, उनले भने , “बाटो निर्माणका लागि बजेट अभाव हुँदैन, प्रदेशले पनि बजेटको प्रबन्ध गर्छ, सङ्घ सरकारले पनि पर्याप्त बजेट छ भनेको छ ।”

गण्डकी प्रदेशको ‘लाइफ लाइन’ मानिएको त्रिवेणी–कोरला सडकको त्रिवेणी दुम्कीवास खण्ड १९ किलोमिटरमध्ये आठ किलोमिटर खण्ड चितवन राष्ट्रिय निकुञ्जको केही भाग र मध्यवर्ती क्षेत्र पर्ने भएकाले काम अगाडि बढ्न सकेको छैन । चितवन राष्ट्रिय निकुञ्ज विश्व सम्पदासूचीमा सूचीकृत भएकाले त्यहाँ विकासको कामका लागि युनेस्कोको स्वीकृत लिनुपर्ने हुन्छ ।

मुख्यमन्त्री पाण्डेले त्रिवेणी भन्सार नाकालाई चलायमान बनाउन आवश्यक तयारी गर्न निर्देशन दिए । गण्डकी प्रदेशको भारतसँग सीमा जोडिएको एकमात्र नाका त्रिवेणी भएकाले यसलाई पूर्णरूपमा उपयोग गर्नुपर्ने मुख्यमन्त्री पाण्डेले बताए। “त्रिवेणी भन्सार कार्यालयलको व्यवस्थापन र सीमा स्वास्थ्य केन्द्रको भवन निर्माणका लागि प्रदेशबाट आवश्यक पहल हुनेछ”, उनले भने, “त्रिवेणी–कोरोला मार्ग सञ्चालन गर्ने हाम्रो प्रमुख लक्ष्य हो ।”

अनुगमनमा मुख्यमन्त्री पाण्डेसहित कृषि तथा भूमि व्यवस्थामन्त्री महेन्द्रध्वज जिसी, विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष घनश्याम गिरीलगायत थिए । विनयी–त्रिवेणी गाउँपालिका अध्यक्ष घनश्याम गिरीले उत्तरमा पाल्पाबाट दक्षिणमा भारतको नाकासम्म फैलिएको विनयी त्रिवेणी गाउँपालिकाको विकासमा प्रदेश सरकारले विशेष ध्यान दिन आग्रह गरे ।

प्रकाशित मिति : ५ माघ २०८०, शुक्रबार  १० : ४४ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु