साइकोसिसको समयमै उपचार नगर्नु स्वास्थ्यमा गम्भीर खतरा | Khabarhub Khabarhub

साइकोसिसको समयमै उपचार नगर्नु स्वास्थ्यमा गम्भीर खतरा


७ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मानसिक रोगमध्ये साइकोसिस सबैभन्दा उच्च तहको खतरनाक रोग हो। मानसिक रोगका विभिन्न प्रकार हुन्छन्। जस्तो साइकोसिस, छारे रोग, डिप्रेसन आदि। योमध्ये साइकोसिस रोग अन्यभन्दा धेरै जोखिमयुक्त रहेको मानसिक चिकित्सक बताउँछन्। अस्पतालमा आएका बिरामीको तथ्यांकलाई आधार मान्दा किशोरावस्थामा नै धेरै मानसिक रोगले सताउने गरेको छ। यो तथ्यांक पछिल्लो समय बढ्दो मात्रामा छ। अस्पतालमा आएका बिरामीमध्ये प्रायः २० देखि ४० को उमेर समूहका मानिसमा यो मानसिक समस्या देखिएको छ। साइकोसिस कस्तो समस्या हो ? यो के कारणले लाग्छ ? साइकोसिस भएको कसरी थाहा पाउने ? कस्ता लक्षण देखिन्छन् ? यसको उपचार विधि के छ ? यसबाट बच्न के गर्ने ? यसै विषयमा केएमसी अस्पतालमा कार्यरत कन्सल्ट्यान्ट साइक्यास्ट्रिक डा.सविना दाहालसँग गरिएको कुराकानीः

साइकोसिस कस्तो समस्या हो ?
साइकोसिस भनेको कडा खालको मनोरोग हो। यसमा नदेखेको कुरा देखिनु, कानमा अनावश्यक अवाज सुनेको जस्तो हुने समस्या हुन्छ।

बच्चा पेटमा हुँदा आमालाई केही समस्या देखिएको थियो भने पछि गएर बच्चामा पनि साइकोसिसका लक्षण देखिने गर्दछन्।

यो के कारणले लाग्छ ?
यो रोग लाग्नुका विभिन्न कारण छन्। जस्तै बायोलोजिकल, साइकोलोजिकल र सोसल बायोलोजिकलमा वंशाणुगत र विभिन्न रसायनको मात्रा बढि भयो भने साइकोसिस हुने सम्भावना रहन्छ। साइकोलोजिकल र सोसलमा पारिवारिक वातावरण, अध्ययन, बच्चा पेटमा हुँदा आमालाई केही समस्या देखिएको थियो भने पछि गएर बच्चामा पनि साइकोसिसका लक्षण देखिने गर्दछन्।

साइकोसिस् भएको कसरी थाहा पाउने ? कस्ता लक्षण देखिन्छन् ?
यसमा बिरामीलाई भन्दा पनि अरुलाई थाहा हुन्छ। बिरामीले अन्य समयको भन्दा फरक व्यवहार देखाउँछन्। जसले गर्दा घरका मान्छे आत्तिन्छन् र उपचारको लागि अस्पताल लिएर पुग्छन्। जस्तै अरुले नसुनेको आवाज सुन्ने, डराउने, मान्छेप्रति शंका गर्ने, निन्द्रा नलाग्ने जस्ता लक्षण देखिन्छन्।

सहरी क्षेत्रमा बिरामी आफै उपचारका लागि आउँछन्। तर ग्रामीण क्षेत्रमा अझै पनि उपचार नगरेर धामी झाक्री कहाँ लैजाने पवृत्ति छ। त्यसले गर्दा जोखिम झन् बढ्दो छ।

नेपालमा साइकोसिसका बिरामीको अवस्था कस्तो छ ?
सहरी क्षेत्रमा बिरामी आफै उपचारका लागि आउँछन्। तर ग्रामीण क्षेत्रमा अझै पनि उपचार नगरेर धामी झाक्री कहाँ लैजाने पवृत्ति छ। त्यसले गर्दा जोखिम झन् बढ्दो छ।

बिरामी कस्तो अवस्थामा अस्पताल आइपुग्दा निको पार्न सकिन्छ ?
बिरामीले अरु समयमा भन्दा फरक खालको व्यवहार देखायो। जसले घरको मान्छेलाई शंका लागेको छ भने सुरुवाती अवस्थामै अस्पताल ल्याउँदा उपचार राम्रो हुन्छ। अस्पताल नल्याएर धामी झाक्रीकहाँ लैजाने प्रवृत्तिले उपचारमा ढिलो हुन्छ। दुर्घटना निम्तिने सम्भावना धेरै हुन्छ। कानमा अनावश्यक आवाज जस्तै कसैलाई ‘काट मार’ भन्ने जस्ता शब्दहरु गुञ्जिने र नजिकै भएको मान्छेलाई आक्रमण गर्ने हुन्छ। कतिपय ठाउँमा यस्ता घटना भएका छन्।

अहिले आउने बिरामी कस्तो अवस्थामा आउँछन् ?
कतिपय बिरामी सामान्य अवस्थामै आउँछन्। उनीहरुलाई घरमै राखेर औषधी खुवाउन सल्लाह दिन्छौं। कतिपय बिरामीहरु घरमा राखेर हेरचाह गर्न नसक्ने अवस्थामा पनि आउँछन्। त्यस्तो बिरामीलाई अस्पतालमा भर्ना गरेर उपचार गर्ने गरिएको छ।

यसको उपचार विधि के छ ?
यस्ता बिरामीलाई औषधी तथा साइको थेरापीको माध्यमबाट उपचार गरिन्छ। बिरामीको अवस्था अनुसार औषधि दिने र थेरापी दिने गरिन्छ।

कतिपय बिरामी घरमा राखेर हेरचाह गर्न नसक्ने अवस्थामा आउँछन्। उनीहरुलाई अस्पतालमा भर्ना गरेर उपचार गरिन्छ ।

अहिले हाम्रो समाजमा मानसिक बिरामीलाई हेर्ने दृष्टिकोण कस्तो छ ?
मानसिक रोगको औषधि खाने भन्ने बित्तिकै अलिकति भिन्न दृष्टिकोणले हेर्ने चलन छ। सहरी क्षेत्रमा पढेलेखेका व्यक्ति खुलेरै उपाचारमा पनि आउँछन्। ग्रामीण भेगमा भने अझै पनि समाजको डरले उपचार नै नगर्ने, उपचारमा आए पनि खुलेर नआउने समस्या छ।

मानसिक समस्या महिला भन्दा पुरुषमा बढी हुन्छ भनिन्छ के हो वास्तविकता ?
महिला उपचारको पहुँचमा नभएर यस्तो देखिएको हो। मलाई समाजले कुन नजरले हेर्छ भन्ने डरले महिला आफ्नो समस्या लुकाएर बस्ने हुन्छन्। तर समस्या भने महिला पुरुष दुवैमा छ। साइकोसिस गाँजा धेरै खाने पुरुषमा अझ धेरै देखिएको छ।

यो समस्या कुन उमेरमा बढी देखिने गरेको छ ? बालबालिकामा देखिन्छ कि देखिँदैन ?
धेरैजसो २० देखि ४० वर्षको उमेर समूहका मानिसमा देखिने गरेको छ। बालबालिकाको हकमा भन्नुपर्दा १० वर्षमुनिका बालबालिकामा देखिएको छैन। त्योभन्दा माथिका बालबालिकामा हुने सम्भावना रहन्छ।

यसबाट बच्न के गर्ने ?
लक्षणहरु देखिनेबित्तिकै उपचार गर्नुपर्छ। केही कुलत छ भने छोड्ने गर्नुपर्छ। आफ्नो जीवनशैली पनि यसको महत्त्वपूर्ण उपचार हो। समयमै सुत्ने, धेरै तनाव नलिने गरेमा केही हदसम्म बच्न सकिन्छ।

प्रकाशित मिति : ७ फाल्गुन २०८०, सोमबार  ७ : ०६ बजे

चितवनमा ६४ जनामा डेङ्गु सङ्क्रमण

चितवन– चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । तीन

मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

मनाङ– मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ

म्याग्दीको रुममा चारसय परिवारलाई खानेपानी

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–२ रुममा ‘एक घर, एक धारा’ सहितको

काठमाडौं उपत्यका : एकै दिन घुम्न सकिन्छ सात सम्पदा

काठमाडौं – खुला संग्रहालयको रुपमा विश्वसामु परिचित काठमाडौं उपत्यका जहाँ

तीन दशकपछि सडक कालोपत्र

तनहुँ– करिब तीन दशकअघि रेखाङ्कन गरिएको तनहुँको भानु नगरपालिकास्थित कालीमाटीदेखि