इजरायलले कब्जा गरेको प्यालेस्टाइनको वेस्ट बैङ्कको एउटा कन्स्ट्रक्सन साइटमा काम गरिरहेका कमल काराजाको मासिक आम्दानी तीन हजार पाँच सय अमेरिकी डलर थियो। ७ अक्टोबरको दिन हमासले आक्रमण गरेपछि यसको प्रत्याक्रमण स्वरूप इजरायलले हवाई आक्रमण सुरु गरेको थियो । त्यसै कारण कम्पनीले सुरक्षाको कारण देखाएर उनको कामलाई निरन्तरता दिएन।
रमाला नजिकै रहेको डेर बीजेका स्थायी बासिन्दा ३२ वर्षीय उनी युद्ध समाप्तिको प्रतीक्षा गरेर बसेका छन्। उनले कहिले युद्ध सकिएला र फेरि पुरानो जिन्दगी फर्किन्छ भनेर पर्खेको पनि धेरै भइसकेको छ। अहिलेसम्म युद्ध समाप्तिको कुनै लक्षण नै छैन।
युद्ध सुरु भएको एक महिनामै उनले आर्थिक सङ्कटका कारण कार बेचेका थिए। प्यालेस्टाइनी अधिकारीका अनुसार युद्धका कारण दुई लाख जनाको काममा समस्या परेको छ त्यो पनि एउटै क्षेत्रमा। यी मध्ये धेरै जसो वेस्ट बैङ्कका छन्। उनको दुखेको यत्तिमा सीमित छैन। घरमा पहिले भन्दा कम खाने कुरा र तरकारी किनेर ल्याएको कमलकी तीन वर्षीया छोरी जेइराले पनि ख्याल गरेकी छिन्। चकलेट ल्याउन बन्द गर्नुको कारण बारे त छोरीले बारम्बार सोधी सकेकी छिन्।
रमाला नजिकै रहेको डेर बीजेका स्थायी बासिन्दा ३२ वर्षीय उनी युद्ध समाप्तिको प्रतीक्षा गरेर बसेका छन्। उनले कहिले युद्ध सकिएला र फेरि पुरानो जिन्दगी फर्किन्छ भनेर पर्खेको पनि धेरै भइसकेको छ। अहिलेसम्म युद्ध समाप्तिको कुनै लक्षण नै छैन।
उनका गाउँमा अहिले हजारौँ बेरोजगार भएर घरमै बसेका छन्। यसले त्यस क्षेत्रको सिङ्गो अर्थतन्त्रलाई नै अप्ठेरो पारिसकेको छ। काम खोज्न घरबाट निस्केका उनले वेस्ट बैङ्कमा मुस्किलले दुई साताको लागि कन्स्ट्रक्सन कम्पनीमै काम पाए। तर त्यहाँ मालिकले पनि खराब आर्थिक अवस्थाका कारण तत्काल ज्याला दिन सकेनन्। उनी अहिले काठ काट्ने र स्थानीयलाई दाउरा बेच्ने काम गरिरहेका छन्।
यो कमाइबाट इजरायलको कम्पनीमा काम गरेर पाउने ज्यालाको तुलनामा दुई प्रतिशत मात्र आम्दानी हुने उनको अनुभव छ। उनलाई कम्पनीले परमिट भङ्ग गरेपछि कुनै पनि किसिमको क्षतिपूर्ति दिनु आवश्यक ठानेन। अन्य धेरै कम्पनीले जस्तो उनको कम्पनीले पनि त्यत्तिकै कामबाट बिदा दिएको छ। धेरै प्यालेस्टाइनीले जस्तै उनले पनि बिना सम्झौता काम गरेका थिए।
प्यालेस्टाइनको आधिकारिक तथ्यांक अनुसार प्यालेस्टाइनका कुल २० प्रतिशतले इजरायलमा वा इजरायल अधीनस्थ क्षेत्रमा काम गर्ने गरेका थिए। योक्रम ७ अक्टोबरसम्म थियो। प्यालेस्टाइनको भूमिमा इजरायलको गतिविधि अन्तर्राष्ट्रिय कानुन अनुसार अवैध रहेको प्यालेस्टाइनले जनाएको छ। तथापि इजरायलले यसलाई अस्वीकार गरेको छ। यी कामदारले तीन दशमलव दुई अर्ब अमेरिकी डलर वार्षिक रूपमा प्यालेस्टाइनको अर्थतन्त्रमा योगदान गर्ने गरेका छन्।
प्यालेस्टाइनको आधिकारिक तथ्यांक अनुसार प्यालेस्टाइनका कुल २० प्रतिशतले इजरायलमा वा इजरायल अधीनस्थ क्षेत्रमा काम गर्ने गरेका थिए।
यी सबैजसो कामदार कन्स्ट्रक्सनमा काम गर्ने गरेका थिए। यस अघि पनि धेरै प्यालेस्टाइनी व्यापारीले ती कामदारलाई फर्काउन पहल गरेका थिए। यसका लागि सरकारले नयाँ नीति ल्याउनु आवश्यक रहेको जनाइएको छ। यत्ति मात्र होइन भारत, चीन, माल्डोभा, श्रीलङ्का र थाइल्यान्डबाट यो वर्ष ६० हजार कामदार फिर्ता ल्याउन पहल गर्ने योजना पनि व्यापारीको थियो।
प्यालेस्टाइनी ट्रेड युनियन महासङ्घका प्रमुख सइद सारले इजरायलको यो निर्णयको विरोध गरेका छन्। सादाका अनुसार एक लाख पाँच हजार इजरायलका कन्स्ट्रक्सनमा अझै आबद्ध छन्। सादले इजरायलले कुनै कारण कामबाट निकाल्नु परेमा या वर्कपरमिटलाई निरन्तरता दिन नसकेमा क्षतिपूर्ति दिनु आवश्यक रहेको बताएका छन्। इजरायलमा योक्रम नभएका कारण अहिले कामदार क्षतिपूर्ति नभएको तथा यसको बारे कानुन नभएका कारण धेरै कामदार अप्ठेरोमा परेका छन्।
चार सन्तानका बाबु रहेका प्यालेस्टाइनका बसम काजारा रमाला नजिकैका हुन्। गरिबीले उनलाई धेरै नै सताउन थालेको छ। बिल नतिरेको कारण उनको घरमा बिजुलीको लाइन काटिएको छ। पानी आउन पनि छाडेको छ। उनले इजरायलमा काम गर्न थालेको १० वर्ष भइसकेको र अहिले रोजगार विमुख अघिसम्म कुनै पनि दिन लाइन नकाटिएको बताए। इजरायलमा काम गरेको समयमा उनको कमाइ मासिक चार हजार अमेरिकी डलर थियो।
कोभिड महामारीबाट उनको कमाइमा केही कमी आएको थियो। तथापि युद्धको समयपछि त उनको हालत नै खराब भएको छ। बसामले पाकिस्तानी नेता मोहम्मद अब्बासले कामदारको बारे कुनै चासो नदिएका कारण यस किसिमको अप्ठेरो अवस्था आएको बताएका छन्। उनले तत्काल समस्या टार्ने नीति आवश्यक भएको कुरामा जोड दिएका छन्। युद्ध सुरु भए यता प्यालेस्टाइनमा बेरोजगारी समस्या २३ प्रतिशतबाट बढेर ४७ प्रतिशत पुगेको छ।
बसामले पाकिस्तानी नेता मोहम्मद अब्बासले कामदारको बारे कुनै चासो नदिएका कारण यस किसिमको अप्ठेरो अवस्था आएको बताएका छन्। उनले तत्काल समस्या टार्ने नीति आवश्यक भएको कुरामा जोड दिएका छन्।
श्रममन्त्री नासेर अबु जेसले बताए अनुसार यसले प्यालेस्टाइनी अर्थतन्त्रमा समेत ३५ प्रतिशतले असर गरेको छ। उनले अन्तर्राष्ट्रिय श्रम सङ्गठन, दातृ निकाय र अन्य सहयोगी संस्थासँग यस समस्याको समाधान गर्न माग गरेका छन्।
प्यालेस्टाइनले युद्ध अगावै पनि आर्थिक समस्या भोगी रहेको थियो। युद्धपछि यो अझ विकराल बनेको छ। प्यालेस्टाइनी अथोरोटीजको साटो इजरायलले प्रति महिना एक सय ८८ मिलियन राजश्व उठाउँछ। यो प्यालेस्टाइन अधिकारीको राष्ट्र सेवकको करबाट हो। समस्या बढेपछि प्यालेस्टाइनी अथोरोटीले पनि डिसेम्बरदेखि यता तलब दिएको दिएको छैन। इजरायलको आम्दानीमा ६० प्रतिशतले गिरावट आएको छ।
कमल अझै घरमा खानेकुरामा अभाव नभएका कारण चित्त बुझाएर बसेका छन्। तर यो अवस्था लामो समय गएमा कसरी यसबाट बाहिर निस्कने भन्ने चिन्ताले उनलाई सताउन थालेको छ।
अहिले अन्तर्राष्ट्रिय समुदायको सर्वेक्षण अनुसार करिब चार लाख जना अहिले बेरोजगार भएका छन्। अहिलेको यो समस्या मानवीय समस्यामा मात्र सीमित छैन। बढ्दै गएर सामाजिक समस्या र सामाजिक सद्भावमा समेत प्रभाव पार्ने अवस्थामा पुगिसकेको छ। वेस्ट बैङ्कमा ८० प्रतिशत मानिस त्यसै पनि गरिबीको रेखा मुनी रहेका थिए। सो अवस्थामा आएको यो समस्या कसरी थेग्ने भन्ने सवालमा प्यालेस्टाइनी अथोरेटीजको अहिलेसम्म कुनै नीति नै छैन। युद्ध अघि बढ्दै जाँदा यसले निम्त्याउने समस्या त धेरैका लागि मनन गर्न नै कठिन छ। स्रोत : बीबीसी, अल जजीरा
प्रतिक्रिया