सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ? « Khabarhub

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?


७ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ४०० रुपैयाँले बढेको हो ।

महासंघका अनुसार सोमबार छापावाला सुन प्रतितोला १ लाख १८ हजार रुपैयाँ र तेजाबी सुन १ लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार छापावाला सुन प्रतितोला १ लाख १७ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख १७ हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसै गरी, आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी तोलामा २०  रुपैयाँले घटेर तोलाको १४१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

चाँदी आइतबार तोलाको १४३० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : ७ फाल्गुन २०८०, सोमबार  ११ : ०३ बजे

सरकारद्वारा प्रतिनिधिसभामा एकै दिन ५ वटा विधेयक दर्ता

काठमाडौं- सरकारले प्रतिनिधिसभामा नागरिक उड्डयन, सुशासन, पूर्वाधार र सडक सुरक्षासँग

दक्षिणपूर्वी एसियामा ऊर्जा सङ्कटप्रति चिन्ता बढ्दै : सर्वेक्षण

सिङ्गापुर- दक्षिणपूर्वी एसियामा नवीकरणीय ऊर्जाको प्रयोग बढाउने र परम्परागत ऊर्जाको

खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता

कैलाली- कैलालीको खुटिया नदीमा नुहाउने क्रममा डुबेर धनगढीका एक किशोर

पदाधिकारीमा आउन कांग्रेस नेताहरूको रस्साकस्सी, को-को छन् दाबेदार ?

काठमाडौं- नेपाली कांग्रेसमा १५औं महाधिवेशनको तयारी धमाधम चलिरहेको छ ।