कांग्रेस महासमिति बैठकमा फरक मत राख्दै महर, १२६ पत्रको दृष्टिपत्र पेस गर्ने « Khabarhub

कांग्रेस महासमिति बैठकमा फरक मत राख्दै महर, १२६ पत्रको दृष्टिपत्र पेस गर्ने


७ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मुलुकको सबैभन्दा ठूलो र पुरानो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसको महासमिति बैठक (नीति महाधिवेशन) आजदेखि ललितपुरको गोदावरीमा प्रारम्भ हुँदै छ। महासमिति बैठक आज सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यसूची रहेको छ।

महासमिति बैठकमा उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगन थापाले सांगठनिक र महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक प्रस्ताव तथा अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालको वर्तमान आर्थिक अवस्थाका बारेमा प्रतिवेदन पेस गर्ने र लेखा समिति संयोजक श्याम घिमिरेले लेखापरीक्षण प्रतिवेदन पेस गर्ने कार्यसूची छ।

तर, यहीबीचमा कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महरले फरक प्रस्ताव पेस गर्ने भएका छन्। महर महासमिति बैठकमा पार्टी उपसभापति र महामन्त्रीहरूले पेस गर्ने राजनीतिक दस्ताबेजसँग सन्तुष्ट छैनन्। त्यसैले उनले १२६ पृष्ठको फरकै दस्ताबेज पेस गर्ने भएका हुन्। उनले उक्त दस्ताबेजलाई कांग्रेसको दृष्टिपत्र भएको बताएका छन्।

बैठकमा प्रस्तुत हुने उपसभापति र महामन्त्रीका प्रतिवेदनमा पार्टी पङ्क्तिमा छलफल नै नगरी तयार भएको बताउँदै उनले त्यसमा सन्तुष्ट हुन सक्ने आधार नभएको बताए। छलफल नै नगरी तयार पारिएका प्रतिवेदन एकल व्यक्तिका अभिव्यक्ति जस्ता हुने बताउँदै उनले ती प्रतिवेदनले सिंगो पार्टीको धारणा समेट्न नसक्ने बताए।

प्रकाशित मिति : ७ फाल्गुन २०८०, सोमबार  १ : २७ बजे

चक्रवात ‘अनर्व’को प्रभाव : कोशी, बागमती र नारायणीमा बाढीको जोखिम

काठमाडौं – चक्रवात ‘अनर्व’को सम्भावित प्रभावका कारण यही कात्तिक ११

स्वर्णिमको बचाउमा सांसद खरेल, भने- छिमेकीलाई गाली गरेर नेपाली राष्ट्रियता बलियो हुँदैन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदीश खरेल (दोलखा)

धर्म प्रचार गरेको आरोपमा पाँच अमेरिकीसहित १० विदेशी पक्राउ

विराटनगर- मोरङको कानेपोखरी गाउँपालिका–७, बरगाछीमा आवश्यक अनुमति नलिई स्वास्थ्य शिविर

पटक–पटक टुटेको अमेरिकी प्रतिबद्धतालाई माफ गर्न सकिँदैन : इरान

तेहरान– इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले  अमेरिकी राष्ट्रपति डोनाल्ड

अछामको विकास निर्माणलाई गति दिन जोड

अछाम– जिल्लास्थित विभिन्न विकास निर्माण आयोजनाका प्रमुख, प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास