बढाइयो सलमान खानको परिवारको सुरक्षा  « Khabarhub

बढाइयो सलमान खानको परिवारको सुरक्षा 


७ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौंपटक-पटक ज्यान मार्ने धम्की आएपछि बलिउड अभिनेता सलमान खानलाई मुम्बई प्रहरीले ‘वाई प्लस’ सुरक्षा दिँदै आएको छ । सुरक्षा चुनौती बढेको भन्दै उनको परिवारको सुरक्षामा प्रहरीले थप कडाइ गरेको हो । 

ग्याङस्टार लरेन्स बिश्नोइबाट ज्यान मार्ने धम्की आएका कारण प्रहरीले खान परिवारको सुरक्षा बढाएको हो । भारतीय मिडियाका अनुसार उनका बहिनी जवाइ आयुष शर्माको पनि विशेष सुरक्षा दिइएको छ ।

प्रहरीले शर्मालाई सार्वजनिक कार्यक्रममा निस्कँदी सलमानको ‘बुलेट प्रुफ’ गाडीमा निस्कन सचेत गराएको छ । यस्ता कार्यक्रममा उनको अघि–पछि अब प्रहरी रहने बताइएको छ । 

सन् २०२२ को नोभेम्बरमा बिश्नोइबाट सलमानको ज्यान मार्ने धम्की आएको थियो । सोही कारण सुरक्षाका लागि उनलाई हतियार राख्न अनुमतिसमेत दिइएको थियो ।

यही घटनालाई लिएर अहिले प्रहरीले सुरक्षा बढाएको हो । खासगरी प्रहरी सलमानका ज्वाइ आयुषको सुरक्षामा केन्द्रित रहेको छ । 

प्रकाशित मिति : ७ फाल्गुन २०८०, सोमबार  २ : ३७ बजे

अमेरिकासँग वार्ता पुनः सुरु गर्नेबारे इरानले निर्णय नगरेको विदेशमन्त्री अराघचीको भनाइ

तेहरान– इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले अमेरिकासँग वार्ता पुनः सुरु गर्ने

मुस्ताङमा आठ मालबाहक कन्टेनर प्रहरी नियन्त्रणमा

मुस्ताङ– नेपाल–चीन उत्तरी कोरला नाकादेखि लोमान्थाङ हुँदै अवैध मालवस्तु ओसाररपोसार

नाइमा नेपाल मोबिलिटी एक्स्पोमा शनिबार दर्शकको घुइँचो (तस्बिरहरू) 

काठमाडौं– काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मा शनिबार

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौं– उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि भएको

काठ र दाउरा बिक्रीबाट करिब चार करोड आम्दानी

नारायणगढ– जिल्ला वन पैदावार आपूर्ति समितिले आर्थिक वर्ष २०८२-८३ मा