सार्वजनिक भए बालकृष्ण खाण ! « Khabarhub

सार्वजनिक भए बालकृष्ण खाण !


७ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कांग्रेस नेता बालकृण खाण जेलमुक्त भएपछि पहिलोपल्ट सार्वजनिक कार्यक्रममा देखा परेका छन् । कांग्रेस महासमिति बैठकमा देखा परेका उनी कसरी सक्रिय हुने हुन काङ्ग्रेसजनले उत्सुकतापूर्वक हेरिरहेका छन् । 

नक्कली भुटानी शरणार्थी प्रकरणमा ७ महिना कैद सजाय भोगेका खाण पाटन उच्च अदालतको आदेशपछि धरौटीमा मुक्त भएका थिए । 

पार्टी सभापति शेरबहादुर देउवाको निर्देशनअनुसार उनी कुनै सार्वजनिक कार्यक्रममा देखा परेका थिएनन् । यतिमात्र हैन, कुनै सञ्चारमाध्यममा धारणा सार्वजनिक नगर्न देउवाले कडिकडाउ गरेको बताइन्छ । 

खाणसंगै यही अभियोगमा पक्राउ परेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहसचिव टेकनारायण पाण्डे थुनामै छन् । शरणार्थी प्रकरणमा राज्यविरुद्धको अपराध, संगठित अपराध, किर्ते र ठगी गरी चार कसुरमा जिल्ला अदालत काठमाडौंमा खाणसहितका आरोपितविरुद्ध जेठ १० गते मुद्दा दायर भएको थियो 

प्रकाशित मिति : ७ फाल्गुन २०८०, सोमबार  ४ : ४४ बजे

सोह्रश्राद्धमा सुनसान कागबेनी (तस्बिरहरू)

कागबेनी– सोह्रश्राद्धका बेला पितृतर्पणका लागि दैनिक हजारौँ तीर्थालु आउने मुस्ताङको

सडक दुर्घटना न्यूनीकरण चालकदेखि नागरिकसम्मको साझा जिम्मेवारी : प्रहरी प्रमुख

काठमाडौं– काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख सुशीलसिंह राठौरले सडक दुर्घटना

सम्पदा संरक्षणका लागि आवश्यक कानुन निर्माणमा पहल गर्छु : सभामुख अर्याल

ललितपुर- प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले नेवार समुदायको भाषा, कला, संस्कृति तथा

कांग्रेसलाई क्रान्तिभूमिको खबरदारी– शहीदको सन्देश नभुल्नू

ओखलढुङ्गा श्री चम्पादेवी र जलजलेश्वर महादेवको धार्मिक आस्थाले रक्षित पवित्र

जी-७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति

एजेन्सी– विश्वव्यापी ऊर्जा आपूर्ति संकट र बढ्दो इन्धन मूल्यलाई नियन्त्रण