युक्रेनमा शान्ति स्थापनाका लागि चीनले रचनात्मक भूमिका निर्वाह गर्छ : विदेशमन्त्री वाङ « Khabarhub

युक्रेनमा शान्ति स्थापनाका लागि चीनले रचनात्मक भूमिका निर्वाह गर्छ : विदेशमन्त्री वाङ


७ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

म्युनिख– चीनका विदेशमन्त्री वाङ यीले युक्रेनमा जारी द्वन्द्वको शीघ्र अन्त्य र शान्ति बहालीका लागि चीनले रचनात्मक भूमिका निर्वाह गरिरहने र आशाको किरण रहुन्जेल हार नमान्ने बताएका छन् । 

वाङले युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबासँग जारी म्युनिख सुरक्षा सम्मेलनका क्रममा भएको भेटमा उक्त भनाइ राखेका हुन् । 

चीन र युक्रेनबीच धेरै वर्षअघि रणनीतिक साझेदारी भएको र दुई देशका जनताबीच परम्परागत मित्रता रहिआएको उल्लेख गर्दै वाङले अन्तर्राष्ट्रिय परिस्थितिमा जस्तोसुकै परिवर्तन आए पनि युक्रेनसँगको सम्बन्ध सामान्यरूपमा विकसित हुने र यसले दुई देशका जनतालाई फाइदा पुर्‍याउने अपेक्षा गरेको बताए। 

आपतकालीन अवस्थामा चिनियाँ सैनिकलाई सकुशल बाहिर निकाल्न सहयोग गरेकोमा युक्रेनी पक्षप्रति पुनः कृतज्ञता व्यक्त गर्दै उहाँले चिनियाँ जनताले कहिल्यै नबिर्सने बताए। 

वाङले युक्रेनको मुद्दामा चीनको स्थितिको बारेमा विस्तृत जानकारी दिँदै चीनले महत्वपूर्ण मुद्दाहरूको राजनीतिक समाधान र शान्ति वार्तालाई बढावा दिने कुरामा जोड दिए । 

कुलेबाले युक्रेन चीनसँग मैत्रीपूर्ण आदानप्रदान कायम राख्न र द्विपक्षीय सम्बन्धको थप विकासका लागि जोड दिन इच्छुक रहेको बताए। विश्व मामिलामा चीनको महत्वपूर्ण प्रभाव रहेको र युक्रेनले युक्रेन संकटको राजनीतिक समाधानका लागि चीनले जारी गरेको ‘पोजिसन पेपर’को उच्च प्रशंसा गरेको कुलेबाले बताए। 

युक्रेनी पक्षले चीनले शान्ति प्रवर्द्धनमा अद्वितीय रचनात्मक भूमिका निर्वाह गरिरहने आशा गरेको र युरेशियन मामिलामा चिनियाँ सरकारका विशेष प्रतिनिधिसँग सम्पर्क बलियो बनाउन इच्छुक रहेको उनले बताए ।

प्रकाशित मिति : ७ फाल्गुन २०८०, सोमबार  ५ : ३७ बजे

शिक्षामन्त्रीसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्री एवं मङ्गोलियन चेस

उपनिर्वाचनमा भाजपालाई धक्का : अध्यक्ष नीतिन नविनकै क्षेत्रमा जनसुरजका प्रशान्त किशोरको अग्रता

पटना- भारतका बिहार, मध्य प्रदेश र गुजरातका तीन विधानसभा क्षेत्रमा

पलको ‘आबाट आमा‘लाई उछिन्न सफल ‘गौँथली’, बन्यो सर्वाधिक व्यापार गर्ने १२ औँ फिल्म

काठमाडौं – डा. कपिल रिजालको निर्देशनमा बनेको फिल्म ‘गौँथली’ले कीर्तिमानी

कोशीका प्रदेशसभा सदस्यहरूलाई ओलीको फोन : एउटै व्यक्तिलाई कति पद दिइरहने ?

काठमाडौं- कोशी प्रदेश सरकारलाई लिएर नेकपा एमालेभित्रको विवाद पेचिलो बन्दै

‘पेपरलेस धनगढी’का लागि एकीकृत ‘डिजिटल’ प्रणाली

सुदूरपश्चिम– धनगढी उपमहानगरपालिकाले ‘पेपरलेस धनगढी’ को अवधारणा कार्यान्वयन गर्न ‘एकीकृत