७१ वर्षका वृद्धले गरे प्रेमलाई विवाहमा परिणत « Khabarhub

७१ वर्षका वृद्धले गरे प्रेमलाई विवाहमा परिणत


७ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– डोटीको जोरायल गाउँपालिका-५ भाम गाउँका ७१ वर्षीय वृद्धले आफ्नो प्रेमलाई विवाहमा परिणत गरेका छन्।

स्थानीय ठक्कर बहादुर खडायतले ७१ वर्षको उमेरमा श्रीमतीको सिउँदो भरेका हुन्। उनले ६३ वर्षीया कुमारी भाटको सिउँदो भरेका छन्।

उक्त दम्पतीका तीन छोरी र एक छोरा छन्। भाटको माइती सुर्खेत हो। धेरै पहिले खड्का र भाटले लामो प्रेम सम्बन्ध सँगै बिताए। उनीहरूबाट सन्तानसमेत भए। श्रीमतीको रूपमा घर भित्र्याएकी भाटको खड्काले सिउँदो भने भरेका थिएनन्।

जोरायल(५ गड्सेरास्थित ज्यूनेबस्तास्थित वैयाल परिवारले सप्ताह महायज्ञको आयोजना गरेको छ। सोही समारोहमा उक्त दम्पती वैवाहिक सूत्रमा बाँधिएको सप्ताह आयोजक समितिका सदस्यसमेत रहेका मुकुन्द भण्डारीले बताए।

खड्काका सखा ८१ वर्षीय डिल्लीराज भण्डारी आफ्नो बाल सखाको बिहेमा बुढेसकालमा सहभागी हुन पाउँदा खुसी छन्। उनले यो विवाह नौलो लागेको र रमाइलो पनि लागेको बताए। विवाहमा बेहुला-बेहुलीका पनातिसमेत सहभागी थिए।

सोही सप्ताहमा चार वटा व्रतबन्ध, तीन वटा कपाल मण्डन, पास्नी कार्यक्रमसमेत सम्पन्न भएका छन्। महायज्ञका पुजारी श्रमानन्द ओझाले उक्त दम्पतीको विवाह सम्पन्न गरेको हो।

प्रकाशित मिति : ७ फाल्गुन २०८०, सोमबार  ६ : ४७ बजे

बडादसैँको तेस्रो दिन, आज पनि टीका जमरा लगाइँदै

काठमाडौँ– विजयादशमीको टीकाको तेस्रो दिन आज द्वादशीमा पनि टीका र

एक महिनामा ५९ सवारी दुर्घटना : ११ जनाको मृत्यु

कास्की – जिल्लामा गत असोज महिनामा भएका ५९ सवारी दुर्घटनामा

यस वर्षको दसैँमा सौराहामा आन्तरिक पर्यटक घटे

चितवन – भोटेकोशी र बूढीगण्डकीको बाढीपछि मुख्य राजमार्गमा भएको अवरोध

थ्रेसर मेसिनको प्रयोग: किसानलाई राहत, युवालाई गाउँमै रोजगारी

बाँके – बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१९ का अमजत अली शेख विगत

विपद्पछि खुल्यो बेनी–जोमसोम मार्ग: पुनहिल, तातोपानी र अन्नपूर्ण आधार शिविरमा पर्यटक बढे

म्याग्दी – म्याग्दीका पर्यटकीय स्थलहरूमा बडादसैँलगत्तै पर्यटकको चहलपहल बढ्न थालेको