प्रजातन्त्रको रक्षा गर्न हामी सबै लाग्नुपर्छ : मुख्यमन्त्री कार्की « Khabarhub

प्रजातन्त्रको रक्षा गर्न हामी सबै लाग्नुपर्छ : मुख्यमन्त्री कार्की


७ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

मोरङ– कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले जनताको ठूलो बलिदानबाट आएको प्रजातन्त्रको रक्षा गर्न हामी सबै लाग्नुपर्ने बताएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय परिसरमा आज आयोजित ७४औँ राष्ट्रिय प्रजातन्त्र दिवस समारोहमा उनले प्रजातन्त्र प्राप्तिका कारण जनताले आफ्नो हकअधिकार र स्वतन्त्रता प्राप्त गरेको उल्लेख गरे। 

मुख्यमन्त्री कार्कीले संघीय लोकतान्त्रिक गणतन्त्रको जग २००७ सालको क्रान्तिबाट निर्माण भएको चर्चा गर्दै शासन व्यवस्थाले सहिदको मार्गदर्शन, जनताको आवश्यकता र आकांक्षालाई मूर्तरूप दिनुपर्नेमा जोड दिए। उनले संघीय गणतन्त्र विश्वको उत्कृष्ट व्यवस्था भएको चर्चा गर्दै यसको सफल कार्यान्वयन गर्न जनताप्रति उत्तरदायी हुनु जरुरी रहेको विचार व्यक्त गरे । 

मुख्यमन्त्री कार्कीले प्रदेश सरकार जनताको हो भन्ने अनुभूति गराउन गरिब छात्रछात्राका लागि निःशुल्क छात्रवृत्तिको कार्यक्रम सुरु गरेको जानकारी दिए। 

कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्टले प्रजातन्त्रलाई दिगो एवं सफल बनाउन दल तथा नागरिक एकजुट हुनुपर्नेमा जोड दिए । 

प्रकाशित मिति : ७ फाल्गुन २०८०, सोमबार  ७ : ०० बजे

मतदाता सूचीबाट नाम हटाइएको विरोधमा भारतमा विपक्षी दलको प्रदर्शन

नयाँ दिल्ली- मतदाता सूचीबाट ठूलो सङ्ख्यामा नाम हटाएर प्रधानमन्त्री नरेन्द्र मोदीको

३९ वर्ष पुरानो ज्याकेट अझै फिट, ‘मिस्टर इन्डिया’ को पहिरनमा देखिए अनिल कपूर

काठमाडौं– बलिउडमा समयसँगै कलाकारको रूप फेरिन्छ, फेसन बदलिन्छ र पुराना

कांग्रेस सहमहामन्त्रीमा रामहरिले पाए १२८० मत, पछ्याउँदै अजयबाबु 

काठमाडौँ– नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत सहमहामन्त्री खुलामा रामहरि

उत्तरी गोरखाका पाँच हजार घरधुरी विद्युतविहीन

गोरखा– उत्तरी गोरखाका करिब पाँच हजार घरधुरी विद्युतविहीन बनेका छन्

एमएडब्ल्यू अर्थमुभर्सद्वारा जेसीबी मेसिन हस्तान्तरण

काठमाडौं– नेपालमा जेसीबीको आधिकारिक विक्रेता एमएडब्ल्यू अर्थमुभर्सले बडा दशैँको पहिलो दिन