गठबन्धन नगरे केही दलको अस्तित्व समाप्त हुन्छ : ओली « Khabarhub

गठबन्धन नगरे केही दलको अस्तित्व समाप्त हुन्छ : ओली


७ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


348
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन नगरे केही दलहरुको अस्तीत्व समाप्त हुने बताएका छन् ।

सोमबार पार्टी कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा ओलीले अहिले केही दलहरुलाई अस्तीत्व जोगाउन मुस्किल परेको भन्दै उनीहरुले गठबन्धनको साहारा लिइरहेको बताएका हुन् । एमालेको लडाई भने अस्वीत्वका लागि नभई समृद्धि नेपाल सुखी नेपाली बनाउन लडिरहेको उनले बताए ।

ओलीले कांग्रेस हेर्दाहेदै बुढो भएको र आफ्नो सहारामा एक्लै उभिन नसक्ने अवस्थामा पुगेको तर्क गरे । नेकपा फुटेकोमा आफुलाई अपजस लगाउने गरेको भन्दै उनले तत्कालिन अवस्थामा प्रचण्डले निर्वाचन आयुक्तसंग मिलेर सरकार बनाउन नदिने षडयन्त्र गरेको जिकिर गरे । ओलीले आफ्नो प्रयासमा पार्टी एकता गरेको र जोगाउने भरपुर कोशीस गरेपनि बाह्य खेलका कारण नेकपा फुटेको बताए ।

आफुलाई बामपन्थी एकता विरोधी भन्ने भाष्य सिर्जना गर्न गर्न खोजिएको भन्दै उनले आफु अहिले पनि एकतामा विश्वास गर्ने उल्लेख गरे । यद्दपी एकताका लागि नाजायज माग स्वीकार्य नहुने उनको भनाइ छ ।

कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) का स्याङ्जा जिल्ला अध्यक्ष रामचन्द्र भट्टराईसहितका नेता–कार्यकर्तालाई अध्यक्ष ओलीले एमाले प्रवेश गराएका थिए ।

प्रकाशित मिति : ७ फाल्गुन २०८०, सोमबार  १० : ०२ बजे

तस्बिरमा हेर्नुहोस् जुम्लाको मार्सी फाँट (तस्बिर)

जुम्ला– मार्सी धान पाक्ने समय नजिकिएसँगै जुम्लाका तिला र हिमा

कांग्रेस महाधिवेशनमा ३० स्वास्थ्यकर्मी सहितको हेल्थ डेस्क, दुई एम्बुलेन्स मैदानमै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ३० जना स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क

कृषि उद्यशिलताका लागि वैदेशिक रोजगारीबाट फर्केका युवालाई उच्च प्राथमिकता

काठमाडौँ– उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले

काठमाडौँ महानगरले अब हुलाकबाट चिठ्ठी पठाउने, गोश्वारा हुलाकसँग सम्झौता

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले विभिन्न निकायसँग हुने पत्र व्यवहारलाई हुलाक मार्फत

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही सडक

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने