मोस्टवान्टेड सूचीमा रहेका दुई भारतीय नागरिक सर्लाहीबाट पक्राउ « Khabarhub

मोस्टवान्टेड सूचीमा रहेका दुई भारतीय नागरिक सर्लाहीबाट पक्राउ


६ चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विभिन्न आपराधिक गतिविधिमा संलग्न दुई भारतीय नागरिकलाई नेपाल प्रहरीले सर्लाहीबाट पक्राउ गरेको छ ।

मोस्टवान्टेड सूचीमा रहेका भारत बिहार सीतामढी सैयाराग्रामका सन्नीकुमार सिंह र मोतीहारी गंगापिपराका जितेन्द्र राउतलाई गएराति बरहथवा नगरपालिका–६ बाट पक्राउ गरिएको हो ।

प्रहरीले उनीहरूलाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय ल्याउने क्रममा भाग्न खोजेपछि प्रहरीले गोली चलाएको थियो । दुवै खुट्टामा गोली लागेका राउतको प्रादेशिक अस्पताल मलङ्गवामा उपचार भइरहेको छ भने सिंहको अवस्था सामान्य छ ।

प्रहरीले उनीहरूको साथबाट ९– एमएम प्रिस्टन एक राउन्ड फायर र म्यागजिन पनि बरामद गरेको जनाइएको छ ।

 

प्रकाशित मिति : ६ चैत्र २०८०, मंगलबार  १० : १७ बजे

जनकपुरले एकै ओ‌भरमा गुमायो दुई विकेट, परेरा र अली आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

दसैँ बिदाका कारण हेटौँडामा रगत अभाव

बागमती– दसैँं बिदाका कारण हेटौँडामा रगतको अभाव भएको छ ।

जनकपुरले गुमायो चौथो विकेट, मोइन अली आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो तेस्रो विकेट, अनिल साह आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली