ग्रामीण भेगका महिलामा पाठेघरको समस्या धेरै « Khabarhub

ग्रामीण भेगका महिलामा पाठेघरको समस्या धेरै


६ चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– महोत्तरीको ग्रामीण भेगका धेरै महिला पाठेघरको समस्याबाट पीडित भएको पाइएको छ । उनीहरूको स्वास्थ्य परीक्षण गर्दा  पाठेघरको समस्या अत्यासलाग्दो पाइएको हो ।

लायन्स क्लब अफ बर्दिबास समाजले बर्दिबासमा आयोजना गरेको दुईदिने महिलाका लागि प्रजनन स्वास्थ्य शिविरबाट यो पुष्टि भएको हो ।

समाजले सामुदायिक सेवा प्रतिष्ठान भक्तपुरको प्राविधिक सहयोगमा आइतबार र सोमबार सञ्चालन गरेको शिविरमा परीक्षण गरिएका आठ सय ५९ मध्ये दुई सय दुईजनाको पाठेघरमा गम्भीर समस्या पाइएको छ ।

शिविरमा परीक्षण गरिएकामध्ये ३३ जनामा क्यान्सर र ४२ जनामा आङ खस्ने समस्या पाइएको शिविरको प्राविधिक टोलीका वरिष्ठ निरीक्षक हरिहर उप्रेतीले जानकारी दिए ।

शिविरमा तीन सय ५० जनाको दोस्रो चरणको सूक्ष्म जाँच गरिएको जनाइएको छ । क्यान्सरको सङ्क्रमण भएमध्ये १९ जना २२ देखि ४० वर्ष उमेरसमूहका छन् ।

शिविरमा आङ खस्ने समस्याको प्रथम र दोस्रो चरणका १६ जनालाई ‘रिङ’ लगाइएको समाजका अध्यक्ष उमेश महतोले बताए । क्यान्सर लागेकामध्ये आठ जना, आङ खस्ने समस्याको तेस्रो चरणका २६ जनालाई शल्यक्रिया गरिनुपर्ने चिकित्सकले सुझाएका छन् ।

उनीहरूको शल्यक्रिया काठमाडौँका अस्पतालमा निःशुल्क गराइने शिविरको प्राविधिक सहयोगी संस्था सामुदायिक सेवा प्रतिष्ठान भक्तपुरले जनाएको छ ।

शिविरमा क्यान्सर सङ्क्रमण पुष्टि भएका ३३ मध्ये २५ लाई यहीँ नै प्रारम्भिक उपचार थालिएको छ । प्रारम्भिक चरणको सङ्क्रमण पाइएकाहरूको औषधीय उपचार गरिएको र उनीहरूले पाँचौँ महिनामा पुनः परीक्षण गर्नुपर्ने छ ।

प्रकाशित मिति : ६ चैत्र २०८०, मंगलबार  १० : ५१ बजे

कञ्चनपुरको मोहना नदी-दैजी सडकको ठेक्का तोडियो

काठमाडौं – हुलाकी राजमार्गअन्तर्गत कञ्चनपुरको मोहना नदी-डोके बजार-बेलौरी-बेलडाँगी-दैजी सडक खण्ड

५० वर्षपछि येंगा हिटीमा फर्कियो पानी (तस्बिरहरू)

काठमाडौं– काठमाडौं महानगरपालिका–२१ स्थित यंगालमा रहेको येंगा हिटी (ढुंगेधारा) मा

टेम्केमैयुङका अध्यक्षलाई प्रश्न : मुन्धुम पदमार्ग नै किन घुम्ने ?

देशकै चर्चित मुन्धुम पदमार्गमा पर्छ भोजपुरको टेम्केमैयुङ गाउँपालिका । भोजपुर

एमाले स्कूल विभाग : ६६ जिल्लामा प्रशिक्षण, आठ हजार प्रशिक्षक उत्पादन

काठमाडौं – नेकपा (एमाले)ले १० औं महाधिवेशनपछि स्कूल विभागले गरेका

एमाले महाधिवेशन व्यवस्थापन समितिको बैठक जारी

काठमाडौं– नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन समितीको बैठक