ग्रामीण भेगका महिलामा पाठेघरको समस्या धेरै « Khabarhub

ग्रामीण भेगका महिलामा पाठेघरको समस्या धेरै


६ चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– महोत्तरीको ग्रामीण भेगका धेरै महिला पाठेघरको समस्याबाट पीडित भएको पाइएको छ । उनीहरूको स्वास्थ्य परीक्षण गर्दा  पाठेघरको समस्या अत्यासलाग्दो पाइएको हो ।

लायन्स क्लब अफ बर्दिबास समाजले बर्दिबासमा आयोजना गरेको दुईदिने महिलाका लागि प्रजनन स्वास्थ्य शिविरबाट यो पुष्टि भएको हो ।

समाजले सामुदायिक सेवा प्रतिष्ठान भक्तपुरको प्राविधिक सहयोगमा आइतबार र सोमबार सञ्चालन गरेको शिविरमा परीक्षण गरिएका आठ सय ५९ मध्ये दुई सय दुईजनाको पाठेघरमा गम्भीर समस्या पाइएको छ ।

शिविरमा परीक्षण गरिएकामध्ये ३३ जनामा क्यान्सर र ४२ जनामा आङ खस्ने समस्या पाइएको शिविरको प्राविधिक टोलीका वरिष्ठ निरीक्षक हरिहर उप्रेतीले जानकारी दिए ।

शिविरमा तीन सय ५० जनाको दोस्रो चरणको सूक्ष्म जाँच गरिएको जनाइएको छ । क्यान्सरको सङ्क्रमण भएमध्ये १९ जना २२ देखि ४० वर्ष उमेरसमूहका छन् ।

शिविरमा आङ खस्ने समस्याको प्रथम र दोस्रो चरणका १६ जनालाई ‘रिङ’ लगाइएको समाजका अध्यक्ष उमेश महतोले बताए । क्यान्सर लागेकामध्ये आठ जना, आङ खस्ने समस्याको तेस्रो चरणका २६ जनालाई शल्यक्रिया गरिनुपर्ने चिकित्सकले सुझाएका छन् ।

उनीहरूको शल्यक्रिया काठमाडौँका अस्पतालमा निःशुल्क गराइने शिविरको प्राविधिक सहयोगी संस्था सामुदायिक सेवा प्रतिष्ठान भक्तपुरले जनाएको छ ।

शिविरमा क्यान्सर सङ्क्रमण पुष्टि भएका ३३ मध्ये २५ लाई यहीँ नै प्रारम्भिक उपचार थालिएको छ । प्रारम्भिक चरणको सङ्क्रमण पाइएकाहरूको औषधीय उपचार गरिएको र उनीहरूले पाँचौँ महिनामा पुनः परीक्षण गर्नुपर्ने छ ।

प्रकाशित मिति : ६ चैत्र २०८०, मंगलबार  १० : ५१ बजे

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल साउन ३१ गते आइतबार सन् २०२६

आज २०८३ साल साउन ३१ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन ३१ गते आइतबार सन् २०२६

सुनबरा नदीमा डुबेर बालिकाको मृत्यु

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका १० वर्षीया बालिका सञ्जु

कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल

काठमाडौं – नेपाली कांग्रेसको संस्थापन पक्षइतर राष्ट्रिय भेलामा विभिन्न पाँच

निगमले आइतबार थप सात केन्द्रबाट एलपी ग्यास बिक्रीवितरण गर्ने

काठमाडौं – नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा अत्यावश्यक उपभोक्ताका लागि