सुन प्रकरणमा समातिएका उपाध्यक्ष महरालाई के गर्ने भन्नेमा माओवादी अनिर्णीत « Khabarhub

सुन प्रकरणमा समातिएका उपाध्यक्ष महरालाई के गर्ने भन्नेमा माओवादी अनिर्णीत


६ चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रले सुन प्रकरणमा पक्राउ परेका पार्टी उपाध्यक्ष कृष्णबहादुर महराको विषयमा छलफल गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको पदाधिकारी बैठकमा सुन तस्करी प्रकरणमा पक्राउ परेका उपाध्यक्ष महराको विषयमा छलफल भएको पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

पार्टीको जिम्मेवारीबाट निलम्बन गर्ने वा नगर्ने भन्ने विषयमा बैठक निष्कर्षमा पुग्न नसकेको बताइएको छ । प्रवक्ता सापकोटाले नियमित बैठक बसेर एउटा धारणा सार्वजनिक गरिने बताए ।

स्रोतका अनुसार माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैठक चलिरहँदा महरालाई फोन गरेर राजीनामा दिन सुझाव दिएका थिए । उनले महरालाई आफैँ राजीनामा दिने कि निलम्बन गरौँ भनेर सोधेको बताइएको छ ।

बैठकमा अध्यक्ष दाहालले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोग, २०८० को प्रतिवेदनबारे जानकारी गराएका थिए ।

 

प्रकाशित मिति : ६ चैत्र २०८०, मंगलबार  ११ : २६ बजे

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको

झापामा हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु

झापा – जंगली हात्तीको आक्रमणबाट आज एउटै गाउँका दुई व्यक्तिको