भारतको चुनावका कारण माओवादीको हुलाकी राजमार्ग अभियान स्थगित « Khabarhub

भारतको चुनावका कारण माओवादीको हुलाकी राजमार्ग अभियान स्थगित


६ चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


453
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ नेकपा माओवादी केन्द्रले चैतको दोस्रो साता सम्म सञ्चालन गर्ने भनिएको मधेस जागरण अभियान स्थगित गरेको छ । भारतमा लोकसभाको चुनाव आउन लागेका कारण माओवादीले मधेस जागरण अभियान हाललाई स्थगित गरेको हो ।

माओवादी केन्द्रले चैत १ देखि १५ गतेसम्म मधेस जागरण कार्यक्रम गर्ने घोषणा गरेको थियो । यसक्रममा हुलाकी राजमार्गमा केन्द्रित रहेर अभियान चलाइने उसले बताएको थियो ।

मंगलबार बसेको माओवादीको केन्द्रीय पदाधिकारी बैठकले हाललाई यो अभियान स्थगित गर्ने निर्णय गएको एक पदाधिकारीले खबरहबलाई बताए । उनका अनुसार भारतमा लोकसभा चुनाव हुन लागेकाले यो अभियान स्थगन गरिएको हो ।

भारतमा आगामी बैशाख ७ गतेदेखि लोकसभाको चुनाव हुँदैछ ।

प्रकाशित मिति : ६ चैत्र २०८०, मंगलबार  १२ : १४ बजे

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु

यी हुन् कांग्रेस पदाधिकारीका प्रतिस्पर्धी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवशेनको मनोनयन दर्ता सकिएको छ

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि सार्वजनिक सवारीको रुट परमिट खुला

काठमाडौँ । दसैँको समयमा यात्रुको सहज आवागमनलाई व्यवस्थित बनाउन घटस्थापनादेखि