भारतको चुनावका कारण माओवादीको हुलाकी राजमार्ग अभियान स्थगित « Khabarhub

भारतको चुनावका कारण माओवादीको हुलाकी राजमार्ग अभियान स्थगित


६ चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


453
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ नेकपा माओवादी केन्द्रले चैतको दोस्रो साता सम्म सञ्चालन गर्ने भनिएको मधेस जागरण अभियान स्थगित गरेको छ । भारतमा लोकसभाको चुनाव आउन लागेका कारण माओवादीले मधेस जागरण अभियान हाललाई स्थगित गरेको हो ।

माओवादी केन्द्रले चैत १ देखि १५ गतेसम्म मधेस जागरण कार्यक्रम गर्ने घोषणा गरेको थियो । यसक्रममा हुलाकी राजमार्गमा केन्द्रित रहेर अभियान चलाइने उसले बताएको थियो ।

मंगलबार बसेको माओवादीको केन्द्रीय पदाधिकारी बैठकले हाललाई यो अभियान स्थगित गर्ने निर्णय गएको एक पदाधिकारीले खबरहबलाई बताए । उनका अनुसार भारतमा लोकसभा चुनाव हुन लागेकाले यो अभियान स्थगन गरिएको हो ।

भारतमा आगामी बैशाख ७ गतेदेखि लोकसभाको चुनाव हुँदैछ ।

प्रकाशित मिति : ६ चैत्र २०८०, मंगलबार  १२ : १४ बजे

महोत्तरीका १६३ मतदानस्थल अतिसंवेदनशील वर्गमा

महोत्तरी – महोत्तरीका १६३ वटा मतदानस्थल अतिसंवेदनशील क्षेत्रमा परेका छन्

ठेक्का तोड्नमै चार महिना बिताएका कुलमानले दिएनन् निकासको बाटो

काठमाडौं- हिउँदयाम, विकासे कामका लागि उपयुक्त समय हो । हिउँदमा

प्रदेशमा विकास निर्माण तथा योजनाको कार्य ठेक्का प्रक्रियाबाट हुने : मुख्यमन्त्री यादव

जनकपुरधाम–  मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले मधेस प्रदेशमा सुशासन कायम

पहिले केरायुद्ध, अहिले तेलयुद्ध !

काठमाडौं- ल्याटिन अमेरिकामा संयुक्त राज्य अमेरिकाको हस्तक्षेपकारी नीति नौलो विषय