ओलीको व्यंग्य : सत्ता छुटेको पीडामा कांग्रेस छाती पिटेर रुँदैछ « Khabarhub

 ओलीको व्यंग्य : सत्ता छुटेको पीडामा कांग्रेस छाती पिटेर रुँदैछ


६ चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

धनगढी– पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले आफूतिर नलागेको झोंकमा गृहमन्त्री रवी लामिछानेलाई फसाउन लागेको बताएका छन् ।

प्रेस चौतारी नेपाल कैलालीले मंगलबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले भने, ‘रवि लामिछाने सहकारीमा संलग्न भएको, सहकारी डुबाएको वा अरु कुनै कुरा प्रमाणित भएको छैन तर काँग्रेसले आफूतिर नलागेकाले बदनाम गर्न र फसाउन खोजिरहेको छ।’

आफू प्रधानमन्त्री भएको बेला शेरबहादुर तामाङ र गोकुल बास्कोटाको प्रसङ्ग थप्दै उनले भने,  ‘मैले बोलाई चिप्लेकै कारण शेरबहादुर तामाङ र गोकुल बास्कोटालाई फिर्ता बोलाए, तर भएको केही पनि थिएन । नेपाली काँग्रेसका मन्त्री त झन्डा हल्लाउँदै अख्तियार गएका थिए, सबैले देखेको होइन, अनि अहिले गृहमन्त्रीका बारेमा कुन नैतिकताले प्रश्न उठाउने ?’

उनले का‌ंग्रेसले सरकार छोड्नुपरेको पिडामा छाती पिटिरहेको व्यङ्ग्यसमेत गरे ।  ‘काँग्रेसको अहिलेको कदम, सरकारबाट बाहिरिएको पीडा हो । उसले सरकारबाट बाहिरिएको पिडामा छाती पिटेर रुँदै के भन्छ ? त्यसलाई धेरै महत्त्व दिइराख्नुपर्ने आवश्यकता छैन,’ अध्यक्ष ओलीले भने ।

उनले सुन काण्डमा माओवादीका उपाध्यक्ष पक्राउ परेको घटनामा पत्रकारहरूले राखेका जिज्ञासामा कानूनअनुसार हूने बताए । ’‘सोमबार माओवादीका नेता पक्राउ परेका होईनन् । माओवादीका नेता पक्राउ पर्दैनन् तर अनुसन्धानभित्र आएका जो कोही पनि पक्राउ पर्न सक्छन्,’ अध्यक्ष ओलीले भने ।

अध्यक्ष ओलीले  नेकपा एमालेले सुन काण्डका बारेमा आयोग वा छानबिन समिति गठन हुनुपर्छ भनेर पहिला नै राखेको अडान अहिले पुस्टी भएको बताए । ‘त्यतीबेला हामीले आयोग गठन हुनुपर्छ भन्यौ, तर काँग्रेसले २ महिला ढिलो गरिदियो’अध्यक्ष ओलीले भने ।

एक अर्को प्रसङ्गमा ओलीले अबको बाँकी कार्यकाल प्रचण्ड नै प्रधानमन्त्री हुने संकेत गरे । पत्रकारहरूको जिज्ञासामा ओलीले भन्नुभयो, ‘मलाई अहिले प्रधानमन्त्री खान मन छैन, अरु कोही तयार भएको छैन । उहाँले (प्रचण्ड)ले नै खानुहोला जस्तो पो देखिएको छ त ।’

नयाँ गठबन्धनलाई बाग्मती, गण्डकी र कोशीमा प्रदेश सरकार गठन गर्न असहज भएको छ ।

प्रदेशको भागबन्डा र यी तीन प्रदेशको समीकरण बारे पत्रकारहरूले सोधेका प्रश्नको जवाफमा ओलीले भने, ‘अहिले त्यस बारेमा म केही नभनौँ । किनकि मैले पत्रकारलाई भएको कुरा भन्नुपर्छ । अनुमानका भरमा भन्नुहुँदैन ।’

प्रकाशित मिति : ६ चैत्र २०८०, मंगलबार  १ : २७ बजे

ट्राफिक जरिबाना नतिर्ने दुई लाख ६१ हजार चालकले सवारीसाधन खरिदबिक्री गर्न नपाउने

काठमाडौं । ट्राफिक कारबाहीमा परेर जरिबाना नतिर्ने सवारी चालकले यातायात

नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर र बालकृष्ण खाण पनि दोषी ठहर

काठमाडौँ । भुटानी शरणर्थी प्रकरणमा एमालेका नेता तथा पूर्वमन्त्री टोपबहादुर

नक्कली भुटानी शरणार्थी प्रकरणमा यी ७ जनाले पाए सफाइ

काठमाडौँ । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री

नक्कली भुटानी शरणार्थी : प्रकरण टेकनाथ रिजाल, केशव दुलाल, सानु भण्डारी दोषी ठहर

काठमाडौँ । भुटानी शरणार्थी प्रकरणमा शरणार्थी नेता टेकनाथ रिजालसहित तीन

आजका समाचार : एडीबीले नेपाललाई सहयोग गर्ने, मौद्रिक नीति सार्वजनिक, मनाङमा चामलको माग बढ्यो र हर्मुजमा फेरी हमला

चार विधेयक विधायन समितिमा पठाउने प्रस्ताव स्वीकृतराष्ट्रियसभाले विभिन्न चार विधेयक