प्रधानमन्त्रीको जवाफमा कांग्रेसको चित्त बुझेन « Khabarhub

प्रधानमन्त्रीको जवाफमा कांग्रेसको चित्त बुझेन


६ चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्री रवि लामिछानेबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्‌मा दिएको जवाफमा नेपाली कांग्रेसले असन्तुष्टि प्रकट गरेको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद रमेश लेखकले प्रधानमन्त्रीको जवाफ चित्त  बुझ्दो नआएको र यसले झनै आश‌ंका बढाएको बताए । 

मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा बैठकमा उपप्रधानमन्त्री लामिछानेबारे जवाफ दिएका थिए ।

प्रधानमन्त्रीको जवाफपछि बोल्दै कांग्रेस नेता लेखकले लामिछानेमाथि  उठेका प्रश्नको विषयमा प्रधानमन्त्री भ्रममा रहेको बताए । 

उनले भने, ‘विवादास्पद मन्त्री भएपछि राजिनामा दिने चलन छ । खै त गृहमन्त्रीले राजीनामा दिएको ? प्रधानमन्त्रीलाई गलत सूचना दिइँदै छ । उहाँलाई जानकारी नै छैन ।’

लेखकले प्रधानमन्त्रीलाई प्रश्न गरे, ‘प्रधानमन्त्रीज्यू पोखरा जाँदा तपाईंले पीडित भेटेको होइन ?’  पीडितले जाहेरी दिएका होइनन् ? प्रधानमन्त्री अँध्यारोमा हुनुहुन्छ ।’ 

लेखकले अन्य मन्त्रीहरूमाथि प्रश्न उठेपछि राजीनामा दिएको सूची नै सभामुखसामु प्रस्तुत गरे । लेखकले सो विषयमा छानबिन समिति गठन गरेर छानविन गर्नसमेत माग गरेका छन् ।

उनले भने, ‘छानबिन समिति गठन गरौँ । दूधको दूध पानीको पानी छर्लङ्ग हुन्छ ।’

यो पनि-

प्रधानमन्त्रीको फैसला : रविविरुद्ध प्रमाण पुगेन !

४ वर्ष सदन अवरोध गर्न काङ्ग्रेसलाई गृहमन्त्रीको चुनौती

 

प्रकाशित मिति : ६ चैत्र २०८०, मंगलबार  २ : ०९ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया